
- Loading...
आर्थिक वर्ष ०७८/७९ मा धान उत्पादन झन्डै ९ प्रतिशतले घट्यो
- कृषि टि.भी.
- १ साल अघि
- २८ पटक पढिएको


काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७८÷७९ मा धान उत्पादन झन्डै ९ प्रतिशतले घटेको जनाएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा ८ दशमलब ७४ प्रतिशत कमि आएको जनाएको हो । बिगत ५ बर्षमा भएका उत्पादनका अंकसंग तुलना गर्दा हालसम्मकै उत्पादन न्युन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा ५१ लाख ३० हजार ६ सय ४ मेट्रिक टन धान उत्पादन भएको छ ।

गत आर्थिक वर्षको तुलनामा धानबाली लगाइएको क्षेत्रफलमा करिब ४ हजार हेक्टरको सामान्य वृद्धि आएको छ भने उत्पादकत्वमा ८ दशमलब ६१ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ । धान उत्पादनमा कमी हुनुको कारणमा कृषि मन्त्रालयले बेमौसमी वर्षालाई लिएको छ । असोज अन्तिम साता भएको वर्षाका कारण धानमा ठूलो क्षति पु¥याएको थियो । कृषि मन्त्रालयको प्रारम्भिक विवरणअनुसार चार लाख मेट्रिक टनभन्दा बढी धानमा क्षति पुगेको छ । पत्रकार सम्मेलनमा कृषि मन्त्री महिन्द्र राय यादवले धान उत्पादनमा कमी आउनुको कारणका बारेमा अध्ययन भइरहेको जानकारी दिए । किसानले उत्पादन गरेका बस्तुको बजारीकरणमा पनि समस्या देखिएको उनको भनाई छ । उनले प्रत्याप्त मल भित्राउन सरकारले पहल गरेपनि सोचेजस्तो मल आपूर्तिको व्यवस्था गर्न नसकिएको जिकिर गरे ।
मन्त्रालयका अनुसार ६० देखि ६५ लाख मेट्रिक टन धान उत्पादन भए नेपाल धानमा आत्मनिर्भर हुन्छ । यस पटक कम्तीमा ६० लाख मेट्रिक टन धान उत्पादन हुने लक्ष्य कृषि मन्त्रालयले लिएको थियो ।।

