- Loading...
युरिया मल अभाव, किसान भन्छन्– तोरी मकै लगायतका बालीमा मल राख्न पाएनौं
- कृषि टि.भी.
- १ साल अघि
- ३८ पटक पढिएको


राम मण्डल । गहुँबाली लगाउने बेला डिएपी मलको अभाव झेलेका प्रदेश २ का किसानहरु फेरी युरिया मलको अभावमा परेका छन । तोरी मकै लगायतका बालीमा युरिया मल छर्ने बेला भएको छ । तर, कृषि सामाग्री कम्पनीबाट पर्याप्त मल नआएको भन्दै सहकारीहरुले किसानलाइ मल वितरण गरेका छैन् ।

बर्षेनी मल अभाव हुदाँ किसानहरु मर्कामा पर्दै आएका छन । गहुँ बाली लगाउने बेलामा प्रदेश २ का बारा पर्साका किसानहरुले डिएपी मलको अभाव खेपे । अहिले तोरी मकै लगायतका बालीमा युरिया मल छर्नु पर्छ, तर, मल छैन किसानहरुले मलको अभाव झेलिरहेका छन् । मकै तोरी बालीका लागि चाहिने युरिया मल नपाउँदा किसानहरु मल अभावको समस्या झेल्दै छन् । किसानहरुले सहजै मल पाएका छैनन् । सरकारले बिभिन्न कृषि सहकारी मार्फत किसानहरुलाई उपल्बध गराउदै आएको भएपनि अहिले ती सहकारीहरु मल छैन भन्दै पन्छिन थालेका छन् । पर्सा बारा जिल्लामा चरम मल अभाव छ, किसानहरुले मल नपाएर छटपटइरहेका छन् । यदि मल पाइहाले भने पनि १५ किलोको दरले मात्रै पाएका छन् । सयौं कठ्ठामा बाली लगाएका किसानहरुलाई जाबो १५ किलो मल कता लगाउँने ।
जितपुर सिमरा उपमहानगरपालिका ११ मै रहेको सिपमुलक कृषि सहकारी सँस्थामा सदस्य रहेकी लक्ष्मी सिँहले धेरै पर्खाई पछि बल्ल तल्ल सहकारीबाट १५ किलो मात्रै युरिया मल पाइन् । उनले ३ बिगाहामा खेती गरेकी छन् । उनी भन्छिन् १५ किलो मल के गर्ने, बालीलाई पुग्दैन ।
अर्का किसानको पिडा पनि उस्तै छ , सहज रुपमा चाहेजति मल नपाएपछि दस किलो युरियाको लागि दस ठाउँमा धाउनुपर्ने बाध्यता छ । कृषि प्रधान देशमा किसानहरुलाई देशका नेताहरुले भोटको बैंक मात्रै बनाएको तर, किसानलाई चाहिएको मलखाद भने उपलब्ध गराउनमा केही पहल नगरेको गुनासो गर्छन् बारा जितपुर सिमरा उपमहानगरपालिका ११ का किसान उदय नारायण थारु ।
सहकारीलाई अहिले जम्मा ३४ बोरा मात्रै युरिया मल कृषि सामाग्री कम्पनीबाट उपलब्ध भएको सिपमुलक कृषि सहकारी सँस्थाका प्रबन्धक सन्तोष यादवले जानकारी दिए । सँस्थामा ३ सय भन्दा बढी किसानहरु सदस्य रहेको तथा सबैले खेती गरेकोले मल सबैलाई पु¥याउन १५ किलोको दरले बाँडिएको बताए ।
कृषि प्रधान देश नेपालमा बाली लगाउने सिजनमै किसानहरुले मलको चरम अभाव खेप्नुपर्छ । सिजनमै मल, बिउ अभाव भएपछि उत्पादनमा कमि आउने नै भयो । उत्पादनमा कमि आउँदा त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्ने हुदाँ मयमै रासायनिक मलको अभावलाई टार्न सकिने वैकल्पिक उपाय खोज्नु आजको आवश्यकता हो ।

