FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कास्कीका पाँचवटै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३० पटक पढिएको
    कास्कीका पाँचवटै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु

    काठमाडौं । रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि कास्कीका पाँचवटै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु भएको छ । गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले आगामी तीन वर्षभित्रमा प्रदेशका ८५ वटै पालिकामा पूर्ण खोप कार्यक्रम कार्यान्वयनको योजनानुसार कास्कीमा यस वर्ष कार्यक्रम सुरु गरेको हो । अघिल्लो आर्थिक वर्षमा रुपा र माछापुच्छ्रे गाउँपालिकाभरिका पशुलाई खोप लगाएर पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको थियो । प्रदेश सरकार भूमि व्यवस्था कृषि सहकारी तथा गरीबी निवारण मन्त्रालयमातहतको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्थानीय तहका पशु शाखासँगको सहकार्यमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु गरेको केन्द्रले जनाएको छ । अघिल्लो वर्ष पूर्ण खोपयुक्त पालिकामा घोषित पालिकामा समेत खोप कार्यक्रम निरन्तर सञ्चालन हुनेछ । पोखरा महानगरपालिकामा ४६ र माछापुच्छे«मा २० जना ‘भ्याक्सिनेटर’ परिचालन गरिएको र हालसम्म २५ हजार पशुचौपायामा खोप लगाइसकिएको भेटेरेनरी अस्पतालले जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित