FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • तोकिएकै समयमा काम सम्पन्न गर्न मन्त्री श्रेष्ठको राष्ट्रिय भूमि आयोगलाई निर्देशन

    • कृषि टि.भी.
    • १ साल अघि
    • २७ पटक पढिएको
    तोकिएकै समयमा काम सम्पन्न गर्न मन्त्री श्रेष्ठको राष्ट्रिय भूमि आयोगलाई निर्देशन

    काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तोकिएको कार्य तोकिएकै समयमा उत्कृष्ट रुपले सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिनु भएको छ ।
    मन्त्रालयमा आज राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले काम गर्दा केही नीतिगत र कानुनी रुपमा समस्या छन् भने त्यसको समाधानका लागि समयमा नै मन्त्रालयमा जानकारी गराउन निर्देशन दिदै त्यसलाई तत्काल सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

    मन्त्री श्रेष्ठले यो वा त्यो वहाना देखाएर काम पन्छाउने वा भाग्न नपाइने भन्दै भूमि सम्बन्धी समस्या समाधान गर्न बनाइएको कार्ययोजना अनुसार जति सक्दो छिटो र परिणाम निस्कने गरी काम गर्न समेत निर्देशन दिनु भयोे । बैठकमा राष्ट्रिय भूमि आयोगको हालसम्मको प्रगति समिक्षा र आगामी कार्ययोजनाका विषयमा छलफल भएकोे थियो ।

    छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले कार्य सम्पादनमा प्रभावकारीताका लागि मन्त्रालय सबै किसिमले सहयोग गर्न तयार रहेको बताउनुभयो ।
    राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगले पूर्णता पाएको दिन देखिनै प्रभावकारी रुपमा काम गर्दै आएको र सरकारले जुन उदेश्य लक्ष्य र प्राथमिकताका साथ जिम्मेवारी दिएको छ त्यो पुरा गर्न आफुहरु तत्पर रहेको बताउनु भयो ।

    राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अघिल्लो आयोगले गरेको कामको स्वामित्व ग्रहण गर्दै परिवर्तित सन्दर्भ अनुसार छिटो र प्रभावकारी रुपमा काम सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित