- Loading...
एक दिने भ्याक्सिनेटर अभिमुखीकरण गोष्ठि सम्पन्न
- कृषि टि.भी.
- १ साल अघि
- १८ पटक पढिएको


शिवा शार्मा । बर्दियाको गुलरिया नगरपालिकामा पशु प्राविधिकलाई लक्षित गरी सञ्चालन गरिएका एक दिने भ्याक्सिनेटर अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पशु प्राविधिकहरुलाई पशुहरुमा लाग्ने रोगको बारेमा जानकारी गराइएको छ ।

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले खोरेत रोग उल्मुलन अभियान कार्यक्रम अन्र्तगत भ्याक्सिनेटर अभिमुखीकरण एक दिने गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पशु प्राविधिकहरुलाई खोरेत रोग के हो यसको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा पशुलाई खोरेत रोगबाट कसरी बचाउन सकिन्छ भनेर रोगको बारेमा जानकारी गराइएको कृषि प्राविधक प्रमोद कुमार यादवले बताए । उनले गाँउघरमा गएर किसानहरुलाई सहजै रोगबारे बुझाउन सक्ने र पशुको क्षति कम गर्न र पशु बचाउन सहयोग मिल्ने बताए ।
एक दिने अभिमुखिकरण कार्यक्रममा एफएडीको बारेमा केहीकुराहरु सिकिएको बताउँछिन् पशु प्राविधिक सरिता चौधरी । उनले एफएमडी गाईभैसी भेडाबाख्राहरुमा लाग्ने रोग भएको बताउँदै यो रोग बिषेश गरी भेडाबाख्राहरुमा देखिने बताइन् । एफएमडीलाई फुटमाउथ डिजिज पनि भनिन्छ । यो भ्याक्सिनेटरको बारेमा सिकेपछि गाँउघरमा गएर कृषकहरुलाई पनि रोगका बारेमा बुझाउन सहज हुने उनको भनाई छ ।
बर्दिया जिल्लामा खोरेत रोग उल्मुलनका लागि हाल ७० हजार डोज खोप आईसकेको र बाँकी खोप आउन बाँकी रहेको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले जनाएको छ । एकिकृत कृषि विकास कार्यालय बर्दियाले खोप अभियानका लागि ८ वटा स्थानिय पालिकाका ४५ जना भ्याक्सिनेटरहरु नियुक्त गरेको छ । उनीहरुले ७० हजार एफएडी खोप ८ वटै पालिकामा लगाउनुपर्ने छ ।
उक्त कार्यक्रममा बर्दिया जिल्ला भित्रको ८ वटा स्थानिय निकायका ४५ जना पशु प्राविधिक भ्याक्सिनेटरहरुको सहभागिता रहेको थियो भने भ्याक्सिनेटरहरुलाई भ्याक्सिनेटर अनुमती पत्र दिइएको थियो ।

