
- Loading...
भ्रामक समाचारप्रति प्रतिभा सहकारीको खेद प्रकट
- कृषि टि.भी.
- १ साल अघि
- २० पटक पढिएको


ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं १४ थसिखेलमा रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले सस्थाबारे भ्रम छर्ने, व्यक्तिको चरित्र हत्या गर्ने किसिमको काल्पनिक समाचारप्रति खेद प्रकट गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । रिपब्लिका दैनिक अनलाईन पत्रिकाले प्रकाशित गरेको समाचार सस्थाबारे भ्रम छर्ने र चरित्र हत्या गर्ने किसिमको भएकाले उक्त समाचारप्रति सहकारीको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरिएको छ ।

प्रेसविज्ञप्ति मार्फत ललितपुरको लेलेमा सहकारी संस्थाको नाममा ललितपुर मालपोत कार्यालय लगनखेलमा सहकारी संस्थाको नाममा दर्ता रहेको जानकारी दिदै उक्त जग्गा समाचारमा लेखिए जस्तो संस्थाको कार्यकारी अध्यक्षको नाममा नरहेको, सहकारी संस्थाको बारेमा समाचार आईसकेपछि फेसबुकको कम्मेन्टमा संस्थाले पैसा दिएन भनेर कम्मेन्ट गर्ने सदस्य शसिधर न्यौपानेले १ एक लाख पचास हजार गायब भएको बिषयमा संस्थामा रहेको रेकर्ड अनुसार न्यौपानेले बिभिन्न समयमा चार पटक चेक बाट सटही भएको देखिएको र उक्त चेकको राष्ट्रिय बिधि बिज्ञान प्रयोगशाला विकास समिति, खुमलटार ललितपुरमा परिक्षण गर्नको लागी मिति २०७८÷०९÷१५ गते संस्थाले सम्पुर्ण प्रक्रिया पुरा गरी निज न्यौपानेलाई बोलाउँदा आनाकानी गरि संस्थाको सम्र्पकमा नआएको कुरा जनाएको छ ।
यसैगरी उक्त समाचारको कमेन्टमा मेरो ७५ हजार हरायो भन्ने ब्यक्ति कृष्ण सापकोटा यस सहकारी संस्थामा आजका मिति सम्म सदस्य नै नरहेको सहकारीले जनाएकोे छ । उक्त अनलाईन पत्रिकाले संस्थाको आधिकारीक ब्यक्तिको भनाई नसमेटी एक पक्षिय समाचार प्रकासित गर्नुले उक्त अनलाइनले कसैबाट निर्देशित भई संस्थाको बद्नाम गर्ने हेतुले समाचार लेखिएको प्रष्ट भएको प्रेस विज्ञप्तिमा जनाएको छ । साथै सहकारीले यस्ता भ्रामक समाचार प्रति बिचलित एवं भ्रमित नहुन शेयर सदस्यहरुलाइ आग्रह गरेको छ ।


