FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भारतसँग जिटुजि मार्फत मल खरिदको सम्झौता हुन्छः कृषिमन्त्री यादव

    • कृषि टि.भी.
    • १ साल अघि
    • १७४ पटक पढिएको
    भारतसँग जिटुजि मार्फत मल खरिदको सम्झौता हुन्छः कृषिमन्त्री यादव

    ललितपुर, २२ पुस । मल, खाध खरिद गर्न कठिनाई झेल्दै आएका किसानहरुको समस्या अब समाधान हुने भएको छ । बिहीबार रिपोटर्स क्लबले काठमाडौंमा गरेको साक्षात्कारमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मल, खाद समस्या समाधान हुने बताएका हुन् ।

    उनले नेपाल सरकारसँग रहेको १२ हजार मेट्रिक टन युरिया र डिएपी मिलाएर किसानलाई बितरण गरिने बताए । नेपालमा नै मल उत्पादनको लागि कारखाना र फ्याक्ट्री लगाउनको लागि लगानी बोर्डमा प्रस्ताव दर्ता भएको उनले जानकारी दिए । अहिले नेपालमा विद्युतमा आधारित मल कारखाना निर्माणको कुरा भैरहेको छ । मन्त्री यादवले मलको समस्या समाधानको लागि जिटुजीमार्फत खरिद गरिने पनि जानकारी दिए ।

    त्यस्तै, मल व्यवस्थापनको सम्बन्धमा प्रदेश सरकारलाई पनि केन्द्रबाट कार्यविधि बनाएर पठाएको यादवको भनाई छ । उनले मुलुकका केहि स्थानमा देखिएको किसानका समस्या समाधान गर्ने दावी गरे । त्यस्तै, उनले उखुको मूल्य ५९० रुपैयाँ दिने भनेर निर्धारण गरिएको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित