FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नारायणी नदीमा ४० हजार माछाका भुरा छाडियो

    • कृषि टि.भी.
    • १ साल अघि
    • २८ पटक पढिएको
    नारायणी नदीमा ४० हजार माछाका भुरा छाडियो

    चितवन । नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । रहु र नैनी जातका माछाका ४० हजार भुरा प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा मकवानपुरले नारायणी नदीमा छाडेको हो ।

    जलिय जैबिक बिविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रीत समुदायको आय स्तर अभिबृद्धिका लागि स्थानिय जातको माछा नदीमा छाडिएको कार्यालयका प्रमुख सरोज कुमार यादवले बताए ।

    कार्यालयले अघिल्लो वर्ष पनि नारायणीमा ४० हजार भुरा छोडेको र यस पटक स्याङजा स्थित काली नदि, र कोशी नदीमा पनि माछाको भुरा छोड्ने योजना रहेको यादवले बताए । यस अघि मकवानपुरको सामारी नदीमा पनी ३४ हजार माछा भुरा छाडेको उनकोे भनाई छ ।

    खोला नालामा फोहोर ढल मिसाउने, बिषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जिवनस्थर विकासका लागि आफुहरुले यो कार्यक्रम गरेको यादवको भनाई छ ।

    आफुहरुको मेची देखी महाकाली सम्म कार्यक्षेत्र रहेको र नदी नालाको अध्यान गरी कुन माछा संकटमा छ त्यसको आधारमा माछालाई प्रर्वद्दन गर्न माछा भुरा छाँडिदै आएको उनले बताए ।

    नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेटिक टन माछा मध्य २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने यादवले बताए ।प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको उनकोे भनाई छ ।

    जलाहारी बोटे लगायतका समुदायको आय स्थर विकास गर्न र नदीनाला बाट माछा मारेर जिवन निर्वाह गर्ने समुदायको हितका लागी यो कार्यक्रम संचालन गरिएको यादव बताउँछन । यसले पानीमा आश्रित गोही लगाएतका जनावरलाई समेत फाईदा पुग्ने उनको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित