- Loading...
धानको समर्थन मुल्य कम भएको किसानहरुको गुनासो, भन्छन्– धान बेच्दा उत्पादन लागत पनि उठ्दैन
- कृषि टि.भी.
- १ साल अघि
- २९ पटक पढिएको


काठमाडौं । सरकारले चालु आर्थिक बर्षका लागि तोकेको धानको समर्थन मूल्य कम भएको किसानहरुले गुनासो गरेका छन् । किसानहरुले धान बेच्दा उत्पादन लागत मूल्य समेत नउठेने बताएका छन् ।

सरकारले चालु आर्थिक बर्षका लागि तोकेको धानको समर्थन मूल्य कम भएको किसानहरुले गुनासो गरेका छन् । खाद्य ब्यावस्था तथा ब्यापार कम्पनी लिमिटेड वीरगञ्जमा धान बिक्री गर्न आएका किसानहरुले यस बर्ष सरकारले धानको समर्थन मुल्य कम तोकेको भन्दै गुनासो गरे । किसानहरुले बर्षैनी मलखाद बिउबिजनको अभावमा खेती गर्नु परेको र मलखादको अभावमा खेती गर्दा लागत बढी पर्नु र सरकारले पनि कम मूल्य तोक्दा उत्पादन लागत समेत उठाउन धौ धौ परेको बताए । एका तर्फ सरकारले सहुलियतदरमा समयमै मलखाद उपलब्ध गराउँदैन, अर्काेतर्फ किसानहरुले चर्को मुल्यमा मलखाद खरिद गर्नुपर्ने बाध्यता छ । सिँचाई सुविधा समेत नहुदाँ पैसा तिरेर सिचाइँ गर्नुपर्दा उत्पादन लागत बढेको किसानहरु बताउँछन । सरकारले तोकेको मूल्यले लागत पनि उठाउन गाह«ो हुने खाध ब्यावस्था तथा ब्यापार कम्पनी लिमिटेड वीरगञ्जमा धान बिक्री गर्न आएका किसान रामजन्म महतोले गुनासो गरे । सरकारले उत्पादन लागतमा आधारित भएर सरकारले समर्थन मुल्य तोक्नुपर्ने महतोले माग गरे ।
सरकारले यस बर्ष सोना मन्सुली धानको समर्थन मुल्य प्रति क्विन्टल २९ सय २ रुपैयाँ तोकेको छ । खाध ब्यावस्था तथा ब्यापार कम्पनी लिमिटेड वीरगञ्जको कार्यालयमा धान बिक्री गर्ने किसानहरुको भिड लाग्ने गरेको छ । धान बेच्ने किसानहरुको भिड लागेपनि मौसममा आएको चिसोपनाको कारण देखाउदै कार्यालयले भने धान खरिद बन्द गरेको छ । मौसममा आएको प्रतिकुल अवस्था र चिसो बढेका कारणले केही दिनको लागि धान खरिद गर्ने कार्य बन्द गरिएको र पुस २५ गते आईतबारदेखि नियमित धान खरिद गर्ने कार्यालयका प्रमुख बिकाश कटुवालले बताए । उनले पुस ८ गते देखि २० गतेसम्म ५ हजार ८ सय ८३ मेट्रिक टन धान कम्पनीले खरिद गरेकोले थप धान खरिद गर्न बाँकी नै रहेको बताए ।
खाध ब्यावस्था तथा ब्यापार कम्पनी वीरगञ्जले यस बर्ष १५ हजार क्विन्टल सोना मन्सुली धान र ३ हजार क्विन्टल जिरा मसिनो धान खरिद गर्ने लक्ष्य राखेको छ ।

