- Loading...
खोरेत रोग नियन्त्रण र डाटा कलेक्सन सम्बन्धि तालिम आयोजना
- कृषि टि.भी.
- १ साल अघि
- २५ पटक पढिएको


काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा पशुमा लाग्ने खोरेत रोग विरुद्धको खोप संचालन गरीरहेको छ । सोही कार्यक्रम अन्तगत बर्दिया जिल्लाको आठ वटा स्थानीय निकाय भित्र ४५ जना भ्याक्सिनेटरहरुलाई डाटा कलेक्सनका बारेमा टे«निङ्ग दिइएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा पशुमा लाग्ने खोरेत रोग विरुद्धको खोप संचालन गरीरहेको छ । खोप कार्यक्रम संचालनका लागि लुम्बिनी प्रदेश, कृषि खाद्य प्रविधि तथा भूमि ब्यवस्था मन्त्रालय र एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाको सहकार्यमा जिल्लाका आठ वटा स्थानीय निकाय भित्र ४५ जना भ्याक्सिनेटरहरुलाई सहभागि गराइएको छ । ४५ भ्याक्सिनेटरहरुलाई एफएमडी भ्याक्सिनेसन ,डाटा कलेक्सन र एप इम्प्लीमेनटेसन टे«निङ्गको आयोजना गरेको छ । एक दिने कार्यक्रममा खोरेत रोग नियन्त्रण भ्याक्सिनेसन डाटा कलेक्सन सम्बन्धि जानकारी दिइएको थियो । भ्याक्सिनेटरलाई एफएमडी भ्याक्सिनेसन बारेमा जानकारी दिइएको रुपलाल थारुले बताए ।
मन्त्रालय अन्र्तगत एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको सहजिकरणमा एक दिने एफएमडी भ्याक्सिनेसन डाटा कलेक्सन टे«निङ्ग संचालन गरीएको पशु अधिकृत सुमन खनालले बताए ।
भ्याक्सिनेटरहरुलाई एपको बारेमा जानकारी दिइएको हो । पशुलाई भ्याक्सिन लगाई सकेपछि भ्याक्सिनेटरले पशुहरुको सख्या सोही एप मार्फत इन्ट्री गर्नुपर्ने छ । जसको आधारमा कुन स्थानीय तहमा, कति म्याक्सिन लगाइयो भनेर लेखा जोखा गर्न सहज हुने कृषि खाद्य प्रविधि तथा भूमि ब्यवस्था मन्त्रालय लुीम्बनि प्रदेशले जनाएको छ । खोरेत रोग उन्मुलनको लागि प्रदेशमा विगत बर्ष देखि नै यो कार्यक्रम संचालनमा छ । यो वर्ष तराईका ६ जिल्ला र पहाडका ४ जिल्ला गरी १० जिल्लामा कार्यक्रम संचालन गर्ने मन्त्रालयले जनाएको छ ।
लुम्बिनी प्रदेशको १२ जिल्ला मध्ये हाल १० वटा जिल्लामा पशुमा लाग्ने खोरेत रोग विरुद्धको खोप संचालन भैरहेको छ । जसमध्ये पहिलो चरणमा प्रदेशको १० वटा जिल्लामा ६ लाख ५२ हजार ५सय डोज खोप गए सकेको र बाकी डोज दोस्रो चरणमा पठाउने तयारी छ । सबै जिल्लाका शुहरुलाई खोरेत रोग विरुद्धको खोपलगाइसकेपछि जोखिम कम हुने विश्वास प्रदेश सरकारले लिएको छ ।

