- Loading...
किसानलाई अनुदानमा मौरीसहितको घार वितरण
- कृषि टि.भी.
- १ साल अघि
- २९ पटक पढिएको


काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिकाले नगरभित्रका किसानलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको हो ।

मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपाङ्गता भएका व्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको नगरप्रमुख भरतकुमार खत्रीले बताए । अपाङ्गता भएका व्यक्तिका परिवारलाई सातदिने मौरीपालनसम्बन्धी तालिमसहित मङ्गलबार मौरीसहितको घार वितरण गरिएको नगरप्रमुख खत्रीले बताए ।
घारसहितको मौरी वितरण गर्दे नगरप्रमुख खत्रीले सहभागीलाई द्दृथ्व्यावसायिक बन्न आग्रह गर्दै नयाँ व्यवसायीलाई थप सहयोगसमेत गर्ने धारणा राखे । उनले ११ वटै वडाबाट छनोट भएका ३३ अपाङ्गता परिवारलाई घारसहितको मौरी वितरण गरिएको बताए ।
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत चैनपुर नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको लागत साझेदारीमा पुस १४ देखि २० गतेसम्म मौरीपालनसम्बन्धी तालिम गरिएको कार्यक्रमका फोकल पर्सन सूर्यकिरण भण्डारीले जानकारी दिउ । चालू आर्थिक वर्षको कार्यक्रमअनुसार मौरीपालनका लागि किसान छनोट गरिएको भण्डारीले बताए ।

