- Loading...
थारु कल्याणकारी सभा मोरङ जिल्लाकोआयोजनामा बिराटनगरमा महोत्सव
- कृषि टि.भी.
- १ साल अघि
- २७ पटक पढिएको


एलएन गच्छदार (सुन्दरहरैंचा)
पौष २५ । प्रदेश १ को राजधानी बिराटनगरमा थारु कल्याणकारी सभा मोरङ जिल्ला कार्य समितिले माघि महोत्सव तथा तिला संक्रान्तिको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । बिराटनगर महानगरपालिका वडा -४ कंचनबारीमा जातिय भेषभुश नयाँ अन्नबालिबाट बनेको परिकार कुलदेवता चढाउदै गरिने माघि पर्व संरक्षण र संस्कृति रक्षा जातिय पहिचान भेषभुषा तथा झाँकी प्रदर्शनी संगै बिराटनगरको कंचनबारीमा १ दिने माघी महोत्सव मनाउन लागिएको हो।
महोत्सव माघ ८ गते शनिबार हुने थारु कल्याणकारी सभा मोरङ जिल्ला अध्यक्ष प्रदिप भगतले बताउनु भयो। उक्त महोत्सवमा स्टल सहित थारु सामाग्री,परिकार,भेष भुषाहरुको प्रदर्शिन गरिने छ । आधुनिक,पौरानिक रुपमा नाचिने नृत्यहरु प्रस्तुती तथा थारु चर्चित कलाकारको प्रस्तुति रहने अध्यक्ष भगतले जनाएको छ । बिगत २ बर्ष कोरोना कहरले थलिएको माघी पर्व यस बर्ष हर्ष उल्लासमय हुने आयोजकले जनाएको छ। त्यसैगरी महोत्सवको तयारीमा अहिले थाकस तिब्र रुपमा लागिरहेको छ भने आयोजकलाई थारु कला केन्द्र र थारु हेल्पिङ्ग ह्यान्डसले सहकार्य गर्दैछन। थारु समुदायले माघिलाई नयाँ बर्षको रुपमा लिने गरेका छन।
यस पर्वको अवसरमा उब्जाउ भएको नयाँ अन्नबालिबाट परिकार बनाई कुलदेवतालाई चढाई प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । यसका साथै अगामि बर्षहरुमा बढि उब्जनिको कामना गर्दै माघी पर्वमा परिकार बनाएर देवतालाई चढाउने धार्मिक मान्यता समेत रहेको छ । नयाँ अन्नबालिमा सख्खर मिश्रण गरेर परिकार बनाएर ग्रहण गरे शारिरिक रुपमा बलियो हुने, शक्ति प्राप्त हुने ,रोग ब्यादिबाट टाढा रहने समेत मान्यता रहेको छ । परिकारमा भुजाको लडडु,तिलको लडडु,माछा खाएर आदिम कालदेखि थारुहरु मनाउदै आएको छ ।


