- Loading...
पशुचौपायालाई पूर्ण खोप अभियान शुरु
- कृषि टि.भी.
- १ साल अघि
- २७ पटक पढिएको


बाग्लुङ । बाग्लुङ तीन स्थानीय तहका पशुचौपायाहरुलाइ पूर्ण खोप दिइने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पशुचौपायालाई पूर्ण खोप दिने अभियान सुरु गर्ने भएको छ । बागलुङ नगरपालिका तथा काठेखोला र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने केन्द्रले जनाएको छ । पहिलो चरणमा बागलुङ नगरपालिकामा आगामी माघ १५ गतेदेखि अभियान सञ्चालन हुँदैछ । पशुचौपायामा देखिने खोरेत, चर्चरे, भ्यागुते, पीपीआर र स्वाइनफिबर लगायतका खोप लगाइने छ ।
पशुहरुमा देखा परेका विभिन्न रोगका कारण किसानले बर्सेनि क्षति बेहोर्दै आएका छन् । हरेक वर्ष पशु उत्पादनमा भइरहेको क्षतिको न्यूनीकरणका लागि पूर्ण खोप अभियान सञ्चालन गर्न लागिएको हो । हरेक वर्ष पशुलाई लगाउनुपर्ने खोप नपाएका कारण रोगबाट पशुचौपाया प्रभावित हुने गरेका छन् । पशुलाइ खोप निशुल्क लगाइने छ । अभियानअन्र्तगत ४० हजार ठूला पशु र २५ हजार साना पशुलाई खोप लगाउने लक्ष्य केन्द्रको छ ।


