- Loading...
इन्द्रावती गाउँपालिकाले किसानलाई दुधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने
- कृषि टि.भी.
- १ साल अघि
- ४३ पटक पढिएको


काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले किसानलाई दुधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने भएको छ। इन्द्रावती गाउँपालिकाको गाउँ सभाको १० औं अधिवेशनले कृषिबाट आत्मनिर्भर बनाउन किसानहरुलाई दुई रुपैयाँ अनुदान दिने निर्णय गरेको हो । विहीवार ‘इन्द्रावती समृद्विको आधार–शिक्षा–कृषि–स्वास्थ्य–पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ पालिका अध्यक्ष बंशलाल तामाङगको सभापतित्वमा गाउँ सभाको दशौं अधिवेशन सम्पन्न भएको छ । सभाले पालिकाको कृषि उपज संकलन, प्रशोधन तथा विक्री केन्द्र संचालन तथा ब्यवस्थापन, दुधमा अनुदान उपलब्ध गराउने कार्यविधि पारित गरेको छ । गाउँपालिका लागि अथृतन्त्रमा अब्बल बनाउन यस्तो कार्यविधि ल्याइएको अध्यक्ष वंशलाल तामाङले बताए ।


‘दुध उत्पादनमा मात्र नभइ तरकारी तथा फलफूल, माछा मासुलगायत व्यवसायिक रुपमा कृषि उपज उत्पादन गर्ने किसानलाई प्राथमिकतामा राखिएको अध्यक्ष तामाङले बताए । किसानलाई अनुदान दिने कार्यविधि पारित भएसँगै कृषकहरू व्यवसायिक उत्पादनतर्फ उन्मुख हुन हौसिने गाउँपालिकाको दावी छ।

यस्तै सभाले इन्द्रावती नदी किनारमा वर्षौदेखि भोगचलन गर्दै आईरहेको ऐलानी जग्गा नापी ,नक्सा गर्न आवस्यक बजेट ब्यवस्था गर्ने निर्णय पनि पारित गरेको छ भने सिपाघाट–ज्यामिरेमाने–नवलपुर–सिम्पालकाभ्रे सडकलाई भृकुटी मार्ग नामाकरण गर्ने प्रस्तावलाई सर्वसम्मत गरेको छ।

सभामा आर्थिक वर्ष २००७७–७८ को हालसम्म हासिल गरेका मुख्य–मुख्य उपलब्धीहरुको बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । गाँउ सभाले चौमासिक समीक्षासँगै योजना संशोधन र रकमान्तर, करका दर र दायरा थप तथा संशोधन, ऐन, कार्यविधि, निर्देशिका स्वीकृत एवं खरिद समिति र मूल्यांकन समिति गठनलगायतका एजेण्डा पारित गरेको छ।

