
- Loading...
ताप्लेजुङमा मकै जोन कार्यक्रम लागू
- कृषि टि.भी.
- १ साल अघि
- २४ पटक पढिएको


ताप्लेजुङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम लागू भएको छ । सो कार्यक्रम लागू भएपछि किसान उत्साहित भएका छन् । चालु आर्थिक वर्षदेखि जिल्लाको ६१ वडामध्ये २० वडामा यो कार्यक्रम पहिलोपटक लागू भएको हो । कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सन्तोष भट्टराईको संयोजकत्वमा नौ सदस्यीय सञ्चालन समन्वय समिति समेत गठन भएको छ । जिल्लाको नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकासहित पाँच स्थानीय तहका २० वटा वडामा मकै जोन कार्यक्रम कार्यान्वयमा आएको हो । पहिलो वर्ष सो वडाका ४ सय ७५ हेक्टर क्षेत्रफलमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालयले जनाएको छ । यस्तै अलैँची जोन कार्यक्रम भने आव २०७५÷७६ देखि नै लागू भएको हो । फुङ्लिङ नगरपालिकासहित ३९ वडामा यो कार्यक्रम लागू गरिएको छ । अलैँची जोन कार्यक्रमअन्तर्गत क्षेत्र विस्तार गरेर हालसम्म एक हजार २३८ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । उक्त क्षेत्रमा गरिएको अलैँची खेतीबाट ७ सय ३० दशमलब ५ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।


