FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अलैंची उत्पादनमा कमी

    • कृषि टि.भी.
    • १ साल अघि
    • १६ पटक पढिएको
    अलैंची उत्पादनमा कमी

    |A farmer is seen working on Aalaichi plant in Taplejung district, on Monday, October 16, 2017. Photo: RSS

    A farmer is seen working on Aalaichi plant in Taplejung district, on Monday, October 16, 2017. Photo: RSS

    लमजुङमा यसवर्ष अलैंची उत्पादनमा कमी आएको छ । आवश्यकता अनुसार समयमा पानी नपर्नु, प्रतिकुल मौसम, बोटमा कीरा लाग्नु र बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा कमी आएको हो । गत वर्षको तुलनामा यो वर्ष करिब ८५ प्रतिशतले उत्पादनमा कमी आएको नेपाल अलैँची जोन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष जिल्लामा ४०० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस वर्ष अलैंचीको उत्पादन घटेर ३५ मेट्रिक टनमा सिमित भएको छ । गत वर्ष अलैंचीको विक्रीबाट रु १८ करोड २० लाख आम्दानी गरेका किसानले यो वर्ष रु तीन करोड ५० लाख मात्र आम्दानी गर्न सकेको कार्यालयले जनाएको छ ।
    यसवर्ष रोग प्रकोप, जलवायु परिवर्तन, सिँचाइको कमीलगायतका कारण अलैँची उत्पादनमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक तथा जिल्ला अध्यक्ष अजय तामाङले बताए । गतवर्ष प्रतिकिलो रु ५०० देखि ६०० मा अलैंचीको दाना बिक्री गरेका किसानले यो वर्ष रु एक हजार ५० देखि एक हजार १०० सम्म बिक्री गरेका छन् । जिल्लामा विसं २०४१ बाट अलैँची खेती विस्तार भएदेखि किसान यस पेशाप्रति आकर्षित हुँदै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित