- Loading...
गाउँ गाउँमै पुगेर चिया काटने सीप सिकाइदै
- कृषि टि.भी.
- १ साल अघि
- ३२ पटक पढिएको


इलामका किसानलाइ चिया उत्पादनको सरल तथा आधुनिक प्रविधि सिकाई व्यावसायिक उत्पादन वृद्धि गर्ने उद्देश्यले चिया काट्ने सीप सिकाइँदै छ । गाउँमा नै सामान्य ज्ञान र सीप लिएर पाँखाबारीमा चियालगाएका किसानलाई चिया तथा कफी विकास बोर्डका प्राविधिकले उनीहरुको खेतबारीमै पुगेर चिया काट्ने तरिकाबारे प्राविधिक सीप सिकाउन लागेको हो । चालु आर्थिक वर्षको कार्यक्रमअनुसार चिया किसानलाई व्यावसायिक बनाउने लक्ष्यसहित ‘असल कृषि अभ्यास अन्तर्गत चिया काट्ने प्राविधिक सीप’ सिकाउन थालिएको बोर्डले जनाएको छ । दक्ष प्राविधिकसहितको टोलीले किसानको खेतबारीमै पुगेर चिया काट्ने सीप सिकाउन थालिएको बोर्डको भनाइ छ ।
बोर्डका अनुसार चियाको राजधानीका रुपमा परिचित इलामका किसानलाई चियाको गुणस्तर र उत्पादन वृद्धिका लागि यो कार्यक्रम अगाडि बढाइएको छ । हाल चियाको उत्पादन बन्द छ । जाडो महिना सुरु भएसँगै चियाको उत्पादन बन्द हुन्छ । तर यही सिजनमा चियालाई छाँटकाँट गर्नुपर्दछ । चिया छाँटकाँट नमिलाउँदा उत्पादन र गुणस्तर दुबै राम्रो नहुने भएकाले बोर्डले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । इलाममा तीन हजार ३९३ हेक्टर क्षेत्रफलमा चियाखेती हुँदै आएको छ । इलामसहित विभिन्न पहाडी जिल्लामा वार्षिक ५५ लाख किलो अर्थोडक्स चिया उत्पादन हुने गरेको तथ्याङ्क छ ।


