- Loading...
रैथाने वाली संरक्षणमा खाद्य बैँक र रैथाने एग्री प्रडक्टस नेपालवीच सहकार्य
- कृषि टि.भी.
- १ साल अघि
- ३९ पटक पढिएको


रैथाने कृषि वाली तथा मौलिक ज्ञान र सिपहरुको संरक्षण प्रवद्र्धन र बजारीकरणका लागि राष्ट्रिय खाद्य बैँक र रैथाने एग्री प्रडक्टस नेपालवीच प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गरेका छन । सोमबार खाद्य बैँकका प्रमुख शंकरनाथ उप्रेती र रैथाने एग्री प्रडक्टस नेपालका अध्यक्ष तिलक ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन। नेपालका लोप हुदै गएको रैथाने वालीको संरक्षण प्रवद्र्धन र मर्यादित बजारीकरण गर्ने उद्देश्यले रैथाने एग्री प्रडक्टस् नेपाल स्थापना गरिएको एग्री प्रडक्टस नेपालका अध्यक्ष तिलक ढकालले बताए । यसैगरी किसानले उत्पादन गरेका कृषि वालीहरुको भण्डारण, उत्पादन र व्यवस्थित गरेर विक्रिवितरण गरी रोजगारी सिर्जना गर्ने उद्देश्यले राष्ट्रि«य खाद्य बैँक स्थापना भएको हो । आगामी दिनमा विचौलीयाबाट किसानलाइ बचाइ उनीहरुले उत्पादन गरेका कृषि उपजको उचित मुल्य दिन र उपभोक्तालाइ स्वस्थ खानेकुरा सस्तो मुल्यमा खरिद गरेर खान सक्ने वातावरण बनाउन एउटै लक्ष्य भएको सस्थासँग समन्वय भएको खाद्य बैँकका प्रमुख शंकरनाथ उप्रेतीको भनाइ छ ।
खाद्य बैँक र रैथाने एग्री प्रडक्टस्वीच ५ वर्ष अवधिका लागि भएको सहमति पत्रमा किसानलाइ रैथाने वाली उत्पादनमा प्रेरित गरी उत्पादित वस्तुको संकलन, प्रसोधन र बजारीकरणका लागि सहकार्य गर्ने, रैथाने कृषि उपजको प्रवद्र्धनका लागि विभिन्न सरोकारवाला निकायसँग सहकार्य समन्वय गर्ने, रैथाने वालीको संरक्षण र प्रवद्र्धनका लागि सामुहिक अभियान सञ्चालन गर्ने लगायतका रहेका छन ।


