FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषकलाइ अनुदान दिदै कृषि ज्ञान केन्द्र बागलुङ

    • कृषि टि.भी.
    • १ साल अघि
    • १२२ पटक पढिएको
    कृषकलाइ अनुदान दिदै कृषि ज्ञान केन्द्र बागलुङ

    कृषि ज्ञान केन्द्र बागलुङले कृषकले लगाएको फलफूल तथा तरकारी खेतीको क्षेत्रफलका आधारमा अनुदान दिन सुरु गरेको छ । प्रदेशको बजेटबाट १४५ कृषकलाई चालु आर्थिक वर्ष २०७८÷७९ स्वीकृत गरेको अनुदानमध्ये २३ कृषकका फार्मलाई क्षेत्रफलका आधारमा अनुदान स्वीकृत गरेको छ । केन्द्रले क्षेत्रफलका आधारमा अनुदानसँगै कृषिमा यान्त्रिकीकरण, रैथाने बाली प्रवद्र्धन, स्थानीय कृषि उपज सङ्कलन केन्द्र (हाटबजार), फलफूल बगैँचा सुधार, साना सिँचाइ कार्यक्रम र फलफूल नर्सरी स्थापनाका लागि १४५ कृषक, फार्म, सहकारी तथा समूहलाई रु ८१ लाख ७५ स्वीकृत भइसकेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।
    कृषि ज्ञान केन्द्रले क्षेत्रफलका आधारमा यस वर्ष २३ कृषकलाई रु आठ लाख अनुदान दिन थालेको छ । यससँगै जिल्लाका चार स्थानमा कृषि उपज सङ्कलन केन्द्र, ६८ जनालाई कृषियन्त्र, रैथाने बाली प्रवद्र्धन, फलफूल नर्सरी स्थापना र फलफूल बगैँचा सुधारलगायत कार्यक्रमका ११९ किसान, फार्म, सहकारी तथा समूहलाई अनुदान दिन थालिएको छ । वास्तविक किसान, यसअघि अनुदान नपाएका, व्यावसायिकरूपमा सफल भइसकेका जस्ता मापदण्डका आधारमा योजना स्वीकृत गरेर अनुदान दिन थालिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित