FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बर्जु महोत्सवका लागि बनाइएको स्टेज तोडफोड संगै चार वटा सवारीमा आगजनी

    • कृषि टि.भी.
    • १ साल अघि
    • २४ पटक पढिएको
    बर्जु महोत्सवका लागि बनाइएको स्टेज तोडफोड संगै चार वटा सवारीमा आगजनी

    स्थानीय प्रशासनले कलाकारलाई रोकेपछि आक्रोशित भिडले तेस्रो बर्जु महोत्सवका लागि बनाइएको स्टेज तोडफोड संगै चार वटा सवारीमा आगजनी गरेको छ ।

    पुस २३ गतेदेखि जारी महोत्सवमा अन्तिम दिन मंगलबार भोजपुरी कलाकार खेसरीलाल यादव आउने तय थियो । मंगलबार १२ बजे खेसारिलाल आउने भन्दै मेला आयोजक समितिले अग्रिम टिकट बिक्री गरेको थियो । महोत्सवमा अत्याधिक भीड देखिएपछि स्थानीय प्रशासनले खेसारिलाललाई महोत्सवमा जान नदिई विराटनगरमा रोकेर राखेको थियो ।

    तर स्थानीय प्रशासनले आफ्नो निर्देशन विपरित महोत्सव गरेको भन्दै कलाकार यादवलाई नआउन आग्रह गरेपछि आक्रोशित बनेको भिडले स्टेज तोडफोड गर्दै महोत्सव स्थलमा रहेको चारवटा स्करपियोमा आगजनी समेत भएको छ।

    स्थानीय प्रशासनले महोत्सव रोक्नका लागि यस अघि नै निर्देशन गरे पनि आयोजक बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले मेला भने रोकेको थिएँन।

    तोडफोड र आगजनीपछि बर्जु क्षेत्रको मंगलबार दिउँसो तनावग्रस्त बनेको छ। खेसरीलाल नपुगेपछि आक्रोशित भीडले स्टेज तोडफोड गर्दै चारवटा स्करपियोमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित