FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मनाइयो पहिलो राष्ट्रिय बाख्रा दिवस

    • कृषि टि.भी.
    • १ साल अघि
    • १४ पटक पढिएको
    मनाइयो पहिलो राष्ट्रिय बाख्रा दिवस

    काठमाडौं । नेपालमा यस वर्षदेखि बाख्रा दिवस मनाउन शुरु भएको छ । हरेक वर्षको माघ ४ गते राष्ट्रिय बाख्रा दिवस मनाउने गरी यो वर्ष माघ ४ गते प्रथम बाख्रा दिवस मनाईएको हो । २०७२ साल माघ ४ गते नेपालमा,नेपाल व्यवसायीक बाख्रा पालक महासंघ गठन गरिएको थियो । सोही दिनलाई आधार मानेर माघ ४ गते मंगलबार नेपालमा प्रथम बाख्रा दिवस मनाईएको छ । नेपालमा बाख्रा संगसंगै हामी भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय बाख्रा दिवस मनाईएको हो । लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय र नेपाल व्यवसायीक बाख्रा पालक महासंघको संयुक्त आयोजनामा बुटवलमा बाख्रा दिवस मनाईएको छ । लुम्बिनी प्रदेशसहित अन्य प्रदेश र विभिन्न जिल्लामा विशेष कार्यक्रमको आयोजना गरी बाख्रा दिवस मनाईएको नेपाल व्यवसायीक बाख्रा पालक महासंघका केन्द्रिय उपाध्यक्ष सुर्य रेग्मीले बताए । अर्को वर्ष बाख्रापालक किसानहरुको संख्या,उत्पादन संख्या, बाख्रापलन व्यवसायबाट हुने आम्दानी र कतिले रोजगार पाएका छन् भन्ने तथ्याकंसहित दोश्रो बाख्रा दिवस मनाइने रेग्मीले प्रतिवद्वता जनाएका छन् ।

    यस्तै कृषि खाद्य तथा प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, महाशाखाका प्रमुख तुल्सीराम भण्डारीले बाख्रापालन व्यवसायले गरिवी निबारणमा सहयोग पुराएको बताउंदै स्वरोजगार बढेको बताए ।बाख्रापालन व्यवसायबारे कार्यपत्र प्रस्तुत गर्दै उनले बाख्रा पालनबाट नेपालको राष्ट्रिय आयमा ३ प्रतिशत योगदान रहेको बताए।

    दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने सरोकारवालाहरुले नेपालमा बाख्रा पालन व्यवसाय फस्टाउंदै गएको बताएका थिए । बाख्रा पालन व्यवसाय फस्टाउंदै गएपछि भारतबाट खशीबोकाको आयत घटेको बताइएको छ । अहिले पनि नेपालमा बाख्राको आम्दानीबाट जीविका निर्वाह गर्नेको संख्या हजारौ रहेको छ । नोपलमा पाइने स्थानीय जातको बाख्राका लागि चरण क्षेत्रको कमी हुंदै गएको बताउँदै किसानहरुले राज्योको ध्यानजान जरुरि रहेको बताए । स्थानीय जातका बाख्राहरुका लागि २५ देखि ३० प्रतिशत चराउनै पर्ने र त्यसका लागि अहिले सार्वजनिक चरिचरणको अभाव भएकाले नयां समस्या आएको उनीहरुको भनाइ छ । विगतका वर्षहरुमा ६ देखि ७ लाख खशीबोका भारतबाट नेपाल आयत हुने गरेको र अहिले घटेर करिव ७० हजार खशीबोका मात्र भारतबाट नेपाल भित्रने गरेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित