FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • १४ किलोको मुला उत्पादन, तरकारी खेतीमा नयाँ रेकर्ड, किसानलाई गाउँपालिद्धारा ७ हजार पुरस्कार

    • कृषि टि.भी.
    • १ साल अघि
    • २३ पटक पढिएको
    १४ किलोको मुला उत्पादन, तरकारी खेतीमा नयाँ रेकर्ड, किसानलाई गाउँपालिद्धारा ७ हजार पुरस्कार

    काठमाडौं । दोलखाको शैलुङ गाउँपालिका–१ ठेकल घिउका कृषक पदमबहादुर तामाङले १४ केजीको मुला फलाएर तरकारी खेतीमा नयाँ रेर्कड बनाएका छन् । उनको यो मेहेनतको कदर गर्दै शैलुङ गाउँपालिकाले ७ हजार नगद पुरस्कारसमेत दिएको छ । व्यावसायीकरूपमा तरकारी खेती गर्न थालेको दुई वर्षको अवधिमा पहिलोपटक सबैतिरबाट प्रशंसा पाएको उल्लेख गर्दै यसले आफूलाई व्यावसायीक तरकारी खेतीमा थप हौसला मिलेको तामाङले बताए । यस्तै पालिका अध्यक्ष भरतप्रसाद दुलालले कृषकलाई उत्पादनमा थप उत्साहित हुनाका लागि सम्मान गरिएको बताए ।

    ठेकल घिउका पदमबहादुर तमाङले झण्डै दुई रोपनी जमिनमा मुला, काउली, गाँजर, केराउ, आलु, रातो मुला जस्ता तरकारीको खेती गर्दै आएका छन्। तमाङले यो वर्षमात्र झण्डै ३ लाखको तरकारी बिक्री गरेका छन् । मुलामात्रै ४० हजारको बेचेको उनको भनाइ छ। शैलुङ–१ ताम्चेत दुधपोखरी ठेकल घिउका अधिकांश कृषक अहिले तरकारीखेतीमा सक्रिय छन् । उनीहरुले समूह नै बनाएर तरकारी खेती गर्दै आएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित