FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • स्याङ्जाका सुन्तला रसिलो, ५७ करोडको बिक्री

    • कृषि टि.भी.
    • १ साल अघि
    • २३ पटक पढिएको
    स्याङ्जाका सुन्तला रसिलो, ५७ करोडको बिक्री

    सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जामा यसवर्ष रु ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ । गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको भएपनि बजार मूल्य राम्रो पाएकाले सो मूल्य बराबरका सुन्ताला बिक्री भएको हो । जिल्लामा यसवर्ष १३ हजार ८४० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ । उत्पादित सुन्तालामध्ये २५ प्रतिशत अर्थात् तीन हजार ४६० मेट्रिक टन किसान÷व्यवसायी आफैले उपभोग गरेको र बाँकी १० हजार ३८० मेट्रिक टन अर्थात् ७५ प्रतिशत बिक्री गर्दा उक्त आम्दानी भएको केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए । जिल्लामा कूल एक हजार ९६९ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ । तीमध्ये एक हजार ३८० हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेती गरिएको केन्द्रले जनाएको छ । उनका अनुसार जिल्लाभित्रैका स्थानीय बजारमा २० प्रतिशत अर्थात् दुई हजार ७६ मेट्रिक टन बिक्री हुँदा कूल रु ११ करोड ४१ लाख ८० हजार आम्दानी भएको छ । त्यस्तै जिल्लाबाहिर ८० प्रतिशत सुन्तला अर्थात् आठ हजार ३०४ मेट्रिक टन बिक्री हुँदा रु ४५ करोड ६७ लाख २० हजार आम्दानी भएको छ । यसवर्ष किसानले प्रतिकिलो थोक मूल्य रु ५० र खुद्रा मूल्य रु ८० मा बिक्री गरेका छन् ।
    गतवर्ष स्याङ्जामा कूल एक हजार ६५५ हेक्टर क्षेत्रफलमध्ये कूल एक हजार १६० हेक्टर क्षेत्रफलमा सुन्ताला खेती गरिएको थियो । सो खेतीबाट १७ हजार ६३२ टन सुन्तला उत्पादन भएको थियो । यस वर्षभन्दा गतवर्ष सुन्तला उत्पादन धेरै भए पनि उचित बजार मूल्य नपाउनु र मूल्य थोरै भएका कारण किसानले बिक्रीको मात्रा घटाएर कोसेलीकारुपमा प्रयोग गरेको पाइएको प्रमुख हमालले बताए । गतवर्ष जिल्लामा रु ७९ करोड ३४ लाख ४० हजार मूल्य बराबरको उत्पादन भए पनि जम्मा रु ५५ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो । यहाँका किसानले गतवर्ष प्रतिकिलो थोक मूल्य रु ४५ र खुद्रा मूल्य रु ७५ मा सुन्तला बिक्री गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित