FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भक्तपुरको रिखेटारमा जग्गा भूमाफियाले हडपेको भन्दै संरक्षणको माग

    • कृषि टि.भी.
    • १ साल अघि
    • २१ पटक पढिएको
    भक्तपुरको रिखेटारमा जग्गा भूमाफियाले हडपेको भन्दै संरक्षणको माग

    अरनिको राजमार्गमा जोडिएको भक्तपुरको रिखेटार क्षेत्रमा करिव सय रोपनी जग्गा भूमाफियाले हडपेको भन्दै स्थानीय नागरिक सरोकार समितिले संरक्षणको माग गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सममेलन गर्दै समितिले भक्तपुर सुर्यविनायक नगरपालिका–९ स्थित सार्वजनिक जग्गा भूमाफियाले हडपेको भन्दै संरक्षण गर्न माग गरिएको हो । समितिले व्यक्तिहरुको नाममा रहेको ७३ रोपनी र नेपाल सरकारको नाममा रहेको ५३ रोपनी ५ आना जग्गा ग्रिन हाउजिङ कम्पनीले लिएको उल्लेख गरेको छ । वडा कार्यालयले गरेको गैरकानुनी सम्झौता र हाउजिङ प्रा.लि.ले नेपाल सरकारको सम्पत्ति र प्राकृतिक सम्पदा, खानेपानी, सिचांई, चरिचरण र वनजंगल माथि हस्तक्षेप गरेको समितिको आरोप छ । पत्रकार सम्मेलनमा समितिका सदस्य पशुपति खत्रीले हाउजिङ कम्पनीले वडा कार्यालयसँगको मिलेमतोमा १०० रोपनी भन्दा बढी जग्गा हाउजिङले कब्जा गरेको आरोप लगाए । सबै गाउँलेहरु एकिकृत भएर सार्वजनिक जग्गा, सम्पत्तिको रक्षा गर्न नागरिक समिति गठन गरेको उनको भनाइृ छ । सदस्य खत्रीले अबको केही दिनमा पनि हाउजिङको काम नरोकिएमा कानुनी रुपमा अगाडी बढ्ने चेतवनी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित