FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नक्कली मह उत्पादन गरेको आरोपमा १ जना पक्राउ

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३७ पटक पढिएको
    नक्कली मह उत्पादन गरेको आरोपमा १ जना पक्राउ

    महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन गर्ने एक उद्योगमा छापा मार्दै एक जनालाई पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भई हाल काठमाडौंको ज्याठा बस्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । महाशाखाले गुणस्तरहीन मह उत्पादन भइरहेको सूचनाका आधारमा काठमाडौंको ज्याठा स्थीत नजिता प्याकेजिङमा छापा मार्दै सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भई ज्याठा बस्ने ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले उनले बनाउँदै गरेको केमिकलयुक्त गुणस्तरहीन ६०० केजी र ६ हजार ५०० केजी कच्चा पदार्थ र नक्कली मह बरामद गरेको छ । त्यस्तै नक्कली मह बनाउन प्रयोग हुने ग्लुकोज चीनी, लेवलेङ मेसिन लगाएतका सामाग्री पनि बरामद गरिएको महाशाखका प्रवक्ता एसपी कृष्ण कोईरालाले जानकारी दिए ।
    श्रेष्ठले विगत ७ वर्षदेखि आफ्नो श्रीमतीको नाममा ‘नतिजा प्याकेजिङ’ सञ्चालन सञ्चालन गर्दै आएका थिए । त्यही कम्पनीका आधारमा उनले गुणस्तरहिन मह बिक्री गर्दै आएको पाइएको छ । पक्राउ परेका श्रेष्ठले काठमाडौं उपत्यका र पोखराका होटेल तथा रेष्टुरेन्टहरूमा थोक र खुद्रा वितरण गर्दै आएका खुलेको छ । उनले दाङ, नवलपरासी र चितवनबाट गुणस्तरहीन कच्चा पदार्थ ल्याएर मह बनाउँदै आएको पनि पाइएको महाशाखाले जनाएको छ । गुणस्तरहीन मह बनाउनका लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चीनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्च पदार्थ मिसावट हुने गरेको पाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित