- Loading...
आज रातिदेखि जोरविजोर प्रणाली लागू हुदै
- कृषि टि.भी.
- १ साल अघि
- ३९ पटक पढिएको


काठमाडौँ उपत्यकाको तीन जिल्लामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आज राति १२ बजेदेखि जोरबिजोर नम्बर प्लेटको आधारमा सवारी सञ्चालन गर्ने स्थानीय प्रशासनले निर्णय गरिसकेको छ । औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा पनि जोरबिजोर प्रणाली लागूहुने छैन । यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधान पनि निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ । यसैगरी निर्माण सामग्री बोक्ने सवारी साधनपनि सञ्चालन गर्न पाइने छ । परिचयपत्रको आधारमा बंैक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ । सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान, सरकारी र कूटनीतिक नियोगका सवारी साधन सञ्चालन गर्न पाइने छ ।


