FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आवश्यक मल खरिदका लागि सम्बन्धित निकायलाई प्रधानमन्त्री देउवाको निर्देशन

    • कृषि टि.भी.
    • १ साल अघि
    • १९ पटक पढिएको
    आवश्यक मल खरिदका लागि सम्बन्धित निकायलाई प्रधानमन्त्री देउवाको निर्देशन

    प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै आवश्यक मल खरिदका लागि सम्बन्धि निकायलाई निर्देशन दिएका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समयमै आवश्यक मल खरिदका लागि सम्बन्धि निकायलाई निर्देशन दिएका हुन् । यसका साथै उनले कृषि उत्पादन तथा मल खाद आपूर्ति (खरिद) लागि सरकारले वार्षिक बजेटमा थप तीन अर्ब रुपैयाँको व्यवस्था गरेको बताएका छन् । मल खाद आपूर्तिमा अपुग रकमको जोहो गर्दै सरकारले कृषि मल खादमा छुट्याइएको १२ अर्ब रुपैयाँको अनुदानमा थप तीन अर्ब थपि १५ अर्ब पुर्याइएको बताए । यसैगरी प्रधानमन्त्री देउवाले उखु किसानहरुको बाँकी बक्यौता भुक्तानीका लागि सम्बन्धि चिनी उद्योगहरुलाई पहल गरिरहेको र उखुको अनुदानका लागि हालै मात्र सरकारले ९० करोड रुपैयाँ समेत पठाइसकेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित