FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सहुलियतमा कर्जा पाउन थालेपछि कृषक उत्साहित

    • कृषि टि.भी.
    • १ साल अघि
    • १९ पटक पढिएको
    सहुलियतमा कर्जा पाउन थालेपछि कृषक उत्साहित

    स्वदेशमै उद्यमशीलता विकास गर्न भन्दै पाल्पाको तानसेन नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि तानसेन नगरपालिकाको सिफारिसमा ग्लोबल आइएमई बैंक तानसेन शाखाले २७ व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको जनाएको छ । तीमध्ये महिला व्यवसायीलाई ४ प्रतिशत र पुरुष व्यवसायीलाई ५ प्रतिशत ब्याजदरमा सो कर्जा उपलब्ध गराएको हो । सस्तो ब्याजदरका कर्जा पाएपछि किसानहरु खुसी भएका छन् । नगरपालिकाभित्र व्यवसायिकरुपमा अग्रसर हुन चाहने महिला, युवा, अपाङ्गता भएका व्यक्ति, गरीब, दलित, आदिवासी जनजातिलाई लक्षित गरी सहुलियतपूर्ण ऋण उपलब्ध गराउन लागेको नगरपालिकाले जनाएको छ । ऋण लिएर व्यवसाय गर्छुभन्दा पनि कागज लिएर बैंक दौडनु पर्ने, प्रक्रिया नै जटिल भएकाले किसानकै पहुँच नपुग्ने अवस्था अब अन्त्य भएको नगरपालिकाका दाबी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित