- Loading...
एक वडा, एक पशु चिकित्सक कार्यक्रम सञ्चालन गर्दै बाग्मती प्रदेश
- कृषि टि.भी.
- १ साल अघि
- ५५ पटक पढिएको


बागमती प्रदेश सरकारले प्रदेशका ११९ स्थानीय तहमा “एक वडा, एक पशु चिकित्सक” कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकलाई सहज बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका ११ सय भन्दा बढी वडामा पशु चिकित्सक खटाउने तयारी गरेको हो । पशुपन्छी तथा मत्स्यमा लाग्ने रोगहरूको अन्वेषण, नियन्त्रण, रोकथाम तथा उन्मुलन गरी कृषकलाई सहजता प्रदान गर्ने उद्देश्यका साथ प्रदेश सरकारले एक वडा एक पशु चिकित्सक कार्यक्रम अघि सारेको मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेले जानकारी दिए । स्थानीय तहको वडासम्मै नै प्राविधिक सेवा विस्तार गर्न, पशु सेवालाई सहज, सरल, पहुँचयोग्य बनाई छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्न, ग्रामीण क्षेत्रमा पशु सेवा प्रदायक र कृषकहरू बिचको दुरी कम गर्दै पशुपन्छी क्षेत्रको विकासको लागि एक वडा एक पशु चिकित्सक कार्यक्रम यसै वर्षबाट सुरु गर्ने गरी तयारी थालिएको सचिव पाण्डेले बताए । त्यसका लागि स्थानीय तहसँग समन्वय गरी वडाहरूमा पशु स्वास्थ्य क्लिनिक स्थापनाका लागि प्रस्ताव गर्न मातहतका कार्यालयहरूलाई परिपत्र समेत गरिसकिएको उनले बताए ।


