FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ६ महिनामा ९० करोडको केरा आयात

    • कृषि टि.भी.
    • १ साल अघि
    • २६ पटक पढिएको
    ६ महिनामा ९० करोडको केरा आयात

    नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ९० करोड रुपैयाँको केरा आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले ९० करोड ५२ लाख रुपैयाँ मूल्यको ३० हजार ९ सय २३ टन केरा आयात गरेको हो । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि पुससम्म कुल ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आव को ६ महिनाको तुलनामा ५१.१३ प्रतिशत धेरै हो । आयातसँगै निर्यातमा पनि वृद्धि भएको छ । तर, निर्यातको तुलनामा आयातको अनुपात उच्च हुँदा व्यापार घाटा पनि बढ्दै गएको छ । भन्सार विभागका अनुसार चालु आवको पहिलो ६ महिनामा नेपालको कुल वस्तु निर्यात १ खर्ब १८ अर्ब ८५ करोड पुगेको छ । ६ महिनामा चामल मात्रै २७ अर्बभन्दा माथिको आयात भएको छ । केरा आयातबाट सरकारले ८ करोड १७ लाख ५१ हजार रुपैयाँ राजस्व उठाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित