FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गलकोटमा शीतभण्डारण गृह

    • कृषि टि.भी.
    • १ साल अघि
    • १६ पटक पढिएको
    गलकोटमा शीतभण्डारण गृह
    file photo

    बाग्लुङको स्थानीय उत्पादन ताराखोलाको आलु र मुस्ताङको स्याउ बेमौसममा बिक्री गर्ने र आयातित स्याउ, केरा र आलुको सुपथ मूल्यमा बजारीकरण गर्ने उद्देश्यले गलकोटमा जिल्लाकै ठुलो शीतभण्डारण गृह सञ्चालनमा ल्याइएको छ । नयाँ सोच र नयाँ क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ गलकोटमा सात युवाले सिद्ध भैरव ग्रुपमार्फत सामूहिक लगानीमा शीतभण्डारण सञ्चालनमा ल्याइएको हो । उनीहरुले स्थानीय आलु र स्याउ तथा आयातित केरा, आलु र स्याउको बजारीकरण गर्नका लागि रु दुई करोडको लागतमा एक वर्षदेखि शीतभण्डारण गृह सञ्चालनमा ल्याइएको छ । अहिले बेमौसमी आलु, स्याउ र केरालाई प्राथमिकतामा राखेर शीतभण्डारण गृह सञ्चालन गर्दै आएको सिद्धभैरव ग्रुपका सञ्चालक ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए । सिद्ध भैरव समूहले एक लाख २५ हजार केजी क्षमताको जिल्लाकै ठूलो शीतभण्डारण गृह सञ्चालनमा ल्याएपछि उपभोक्ताले मुस्ताङको स्याउ र ताराखोलाको आलुको बेमौसममा समेत स्वाद लिन सक्ने भएका छन् ।
    अहिले भण्डारण गृहमा मुस्ताङको स्याउ, चिनियाँ स्याउ, आलु र केरा राखिएको छ । ताजा फलफूल तथा तरकारीको लागि भण्डारण गृह सञ्चालनमा आएपछि सहज पहुँच पुगेको गलकोट नगरपालिका–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । जिल्लाको सिगाना, बिहुँ र धम्जामा २० टन क्षमताको सुन्तला र आलु भण्डारण गृह रहेको छ । सिगाना र बिहुँको शीतभण्डारण गृहमा सुन्तला र धम्जाको शीतभण्डारण गृहमा आलु भण्डारण गरिँदै आएको छ । सिगाना, धम्जा र बिहुँमा सरकार र स्थानीयको साझेदारीमा शीतभण्डारण गृह निर्माण गरिएको हो भने गलकोटमा व्यक्तिगत कम्पनीमार्फत शीतभण्डारण गृह निर्माण गरिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित