FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषकलाइ पेन्सन वितरण

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३३ पटक पढिएको
    कृषकलाइ पेन्सन वितरण

    कृषि क्षेत्रलाई प्रोत्साहन गर्न बाँकेको नरैनापुर गाउँपालिकाले कृषकलाई पेन्सन वितरण गरेको छ । कृषक पेन्सन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको ६ महिनामा १२ जना कृषकलाई छनौट गरी जनही २ हजारका दरले कृषक पेन्सन वितरण गरिएको गाउँपालिकाले जनाएको छ । व्यवसायिक भैँसीपालन गर्दै आएका नरैनापुर गाउँपालिकाका किसान बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दङ्ग भएको छ । गाउँपालिकाले यादव सहित १२ कृषकलाई पेन्सन वितरण गरेको छ । कृषक पेन्सन कार्यक्रमका लागि पहिलो वर्ष ६ जना व्यावसायिक पशुपालक कृषक र ६ जना तरकारी खेती गर्ने किसानलाई छनौट गरी कृषक पेन्सन कार्यक्रम वितरण गरिएको छ । कार्यक्रमले आगामी वर्ष नरैनापुरका किसानका बीचमा अझ प्रतिस्पर्धाको भावना उत्पन्न भई गाउँपालिकालाई नै कृषि र पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन प्रेरित गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित