FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन अर्थमन्त्रीको निर्देशन

    • कृषि टि.भी.
    • १ साल अघि
    • २२ पटक पढिएको
    उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन अर्थमन्त्रीको निर्देशन

    अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आयात र व्यापारमा भन्दा पनि उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन निर्देशन दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५७ औं बार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा भर्चुअल रुपमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले उत्पादनमुलक क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाउनुपर्नेमा जोड दिए । उनले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा लगानी बढाउन आग्रह गरे । सरकारको नीति पनि उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको भन्दै त्यसमा लगानी बढाउन आग्रह गरेका हुन्। मन्त्री शर्माले आत्मनिर्भर हुनका लागि लगानी अति आवश्यक रहेको बताउदै बैंकले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बैंकले सुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ प्रणालीको समेत सुरुवात गर्दै मन्त्री शर्माले यसले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको लाभ ग्राहकले लिनसक्नेमा विश्वास व्यक्त गरे । राष्ट्रिय वाणिज्य बैंक २०२२ साल माघ १० गते स्थापना भएको थियो । हाल यसले देशभरका २५८ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित