FLASH NEWS
- Loading...
सडकको नालीमा परेर गैँडाको मृत्यु
- कृषि टि.भी.
- १ साल अघि
- १७ पटक पढिएको


पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ । आइतबार दिउँसो करिब ३ः३० बजे गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जका अनुसार, अन्दाजी ८ देखि १० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको हो । चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् ।


प्रतिक्रिया दिनुहोस
