FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • घाँसेबालीमा आधारित खसीबाख्रा पालन यसरी गर्न सकिन्छ

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३३ पटक पढिएको
    घाँसेबालीमा आधारित खसीबाख्रा पालन यसरी गर्न सकिन्छ

    रामेश्वर सिंह पाण्डे÷ वरिष्ठ पशुविज्ञ
    खसीबाख्रा घाँसखाने उग््य्राउने जनावर हुन्, त्यसैले खसीबाख्राहरूले घाँसपात, स्याउला खाएर जीवन निर्वाह गर्न सक्छन् । अन्य घाँस खाने जन्तुहरूको दाँजोमा बाख्राहरूले प्राकृतिक रूपमा स्याउला तथा कडा रेसादार घाँसपात तथा सुखेको, कडा, काँढे, तीतो, टर्रो आहारा खान रुचाउँछन् । यिनीहरूले भुँइघाँस भन्दा केही अग्ला जातका घाँसेबाली तथा डाले घाँसका स्याउलाहरू बढी मन पराउँछन् । घाँस चर्दा यिनीहरू चरनमा छोटोछोटो घाँस पनि चर्ने गर्छन । पछाडिको खुट्टामा उभिएर केही अग्लो काँढेझारीभित्र थुतुनो छिराएर पातहरू पनि टिपेर खान सक्छन् । झाडीबुट््यान भएको चरनक्षेत्रमा विशेषतः खसीबाख्रा बढी फस्टाउने गर्छन्। उग््य्राउने जन्तु गाईभैंसी जस्तै यिनीहरूको भूँडीमा चार पोका हुन्छ जसमा सूक्ष्म जीवाणूहरू पाइन्छन्। यी जीवाणूहरूले रेशादार घाँसपातहरूलाई पचाएर पोषकतत्वमा परिणत गर्छ । विभिन्न घाँसपातहरूको पोषिलोपना पनि फरक फरक हुन्छ । एउटै जातको बिरुवाको अवस्था अनुसार पोषिलोपना फरक फरक हुन सक्छ । कोशेजातका घाँसपात अन्य अकोशे भन्दा धेरै पोषिलो हुन्छन्। त्यस्तै कलिलो अवस्थाका घाँसेबाली छिप्पिएको भन्दा बढी पोषिलो हुन्छ ।
    खसीबाख्राहरूले हरियो अवस्थाको कोशे घाँसबाली जस्तै बरसिम, बोडी, भटमास, अरहर, नेपियर, सेटेरिया तथा यी घाँसहरूबाट बनाइएको हे खान रुचाउँछन्। त्यस्तै विभिन्न प्रकारका डाले घाँसका स्याउलाहरू जस्तै इपिलइपिल, भटमासे, मेन्दुला, बडहर, किम्बु तथा अन्य सबै प्रकारका स्याउला मन पराउँछन्। खसीबाख्राहरूले रूखका स्याउला पात आदि ज्यादै मन पराउने हुँदा पोषिलो जातको डालेघाँसको जस्तै इपिलइपिल, बडहर, टाँकी आदिको व्यवस्था गर्नुपर्छ । खसीबाख्राले परालका साथै विभिन्न घाँसहरूबाट बनाइएको साइलेज उती रुचाउन्न । त्यस्तै यिनीहरूले फोहर, मलमूत्र, माटो–हिलो लागेको भिजेको कुल्चिएको आहारा मन पराउन्न ।आहाराको खोजी बाख्राहरू अक्कर भीर र ससानो रूखमा पनि चढ्ने गर्छन्। चरनमा घाँस चर्दा यिनीहरू एक ठाउँबाट अर्को र एक किसिमको आहाराबाट अर्को किसिमको आहारा परिवर्तन गरिरहन्छन् र मन पर्ने पोषिलो भाग खोजी खोजी खाने गर्दछन्। खसीबाख्राको उचित वृद्धि तथा पोषणकालागि पोषिलो घाँसपातको अभावमा मात्र थप मात्रामा सन्तुलित दानाको व्यवस्था गर्नुपर्छ ।
    बधँुवा प्रणाली थलोमा घाँसपात दिएर खसीबाख्रापालन गर्दा हरियो घाँसको कुल भागको ६० प्रतिशत अकोशे (जस्तैः जइ, नेपियर, टिओसेन्टी आदि) तथा ४० प्रतिशत कोशे घाँसबाली (बरसिम, भेच, स्टाइलो आदि)को अनुपात मिसाएर खानदिनु पर्दछ । आहाराको कुल भाग मध्ये करिब ४० प्रतिशत चरनबाट प्राप्त भएमा खसीबाख्राले आफ्नो शरीरलाई चाहिने आवश्यक पोषकतत्वहरू उपलब्ध विभिन्न घाँसपातबाट लिन सक्छन्। हरियो घाँसपात प्राकृतिक रूपमा उम्रने घाँसहरू र खेती गरी लगाइने घाँसहरू पर्छन्। यस्ता घाँंसहरू कोशा लाग्ने र कोसा नलाग्ने घाँंसहरू हुन्छन्। कोसालाग्ने घाँस अकोसे घाँसभन्दा पोसिलो र स्वादिलो हुन्छ । जइ, सोरगम, बाज्रा, नेपियारहरू कोसा नलाग्ने घाँंस हुन्। कोसे बालीमा बर्सिम, लुसर्न, काउपी इत्यादि पर्छन् । यिनीहरूमा प्रोटिन र पाचनयोग्य पदार्थको मात्रा बढी पाइन्छ । खेती गरी लगाइएका वा चरन क्षेत्रका ह्रिया घाँसपात खुआएर पालिने खसीबाख्रापालन प्रणाली सबैभन्दा किफायती, स्वस्थ्यकर तथा लाभदायक हुन्छ । हरियो घाँसमा आधारित आहारा खुआउँदा खसीबाख्राहरूले आवश्यक शारीरिक वृद्धिका लागि चाहिने आवश्यक पोषकतत्वहरू पाउँछन्। तथा खसीबाख्राको शारीरिक वृद्धिदर बढीहुने, उच्च गुणस्तरका बढी मासु पर्ने, बढी दूध दिने, प्रजनन्क्षमता राम्रो हुने तथा स्वास्थ्य राम्रो भई रोगव्याधी कमलाग्ने गर्दछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित