FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ताप्लेजुङमा धान उत्पादन वृद्धि

    • कृषि टि.भी.
    • १ साल अघि
    • २६ पटक पढिएको
    Post Thumbnail

    ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । विगतका तुलनामा यस वर्ष धान उत्पादन वृद्धि भएको हो ।जिल्लाको नौ स्थानीय तहमा धान खेतीयोग्य आठ हजार ७३७ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिएको थियो । सो खेतीबाट २२ हजार १७।२४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले जानकारी दिनुभयो ।

    गत वर्ष आठ हजार ३०० हेक्टर क्षेत्रफलमा गरिएका खेतीमा २१ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष राम्रो वर्षा हुनुका साथै मौसम अनुकूल भएकाले धान उत्पादन वृद्धि भएको कार्यालले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित