FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अवैध च्याउ आयातमा रोक लगाउन च्याउ उत्पादक किसान संघको माग

    • कृषि टि.भी.
    • १ साल अघि
    • २८ पटक पढिएको
    अवैध च्याउ आयातमा रोक लगाउन च्याउ उत्पादक किसान संघको माग

    च्याउ उत्पादक किसान संघले अवैध च्याउ आयातमा रोक लगाउन माग गरेको छ । बुधबार विज्ञप्ती जारी गर्दै अवैध च्याउ आयातमा रोक लगाउन माग गरेको छ । पछिल्ला दिनमा भारत लगाएत विभिन्न देशका बजारहरूवाट नेपाल भित्र्याउन लाग्ने लामो समयको अवधीसम्म नसढ्ने केमिकल च्याउमा प्रयोग गरी विषादीयुक्त वनाई अवैधरुपमा च्याउ नेपाली बजारमा पठाईरहेको भन्दै भन्सारमा कडा निगरानी गरी नियन्त्रण गर्न सरकारसँग माग गरेको हो । संघका अध्यक्ष सन्तोष कार्कीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, कोरोना कहरका विचमा नेपाली च्याउलाई विस्थापित गर्ने हेतुले आयात भैरहेको भारतीय अवैध च्याउ विषाक्त छ । च्याऊ एक ढुसी जन्य पोषण युक्त परिकार हो । लामो समय सम्म टिकाउन ढुवानी गर्दा उत्पादित वस्तु जोगाउन गार्हो हुने हुनाले वस्तु नसढ्ने केमिकलहरु राखेर जहाँतहीँ ढुवानी गर्ने गरिन्छ । यसो गर्दा दैनिक उपभोग्य सुपरफुड विषाक्त भै सेवन योग्य नहुने हुनाले विदेशी च्याऊ रोक्न विज्ञप्ति मार्फत सरोकारवाला सवैलाई ध्यानाकर्षण गराउँदछौ ।
    च्याउ उत्पादक किसान संघ नेपालको माघ ११ गतेको निर्णय अनुसार अनाधिकृत रुपमा देश वाहिरवाट नेपाल भित्रीने च्याउलाई निगरानी गर्न सरकारलाई हाम्रो केन्द्रीय संघको सर्कुलर नीति अनुसार ७ वटै प्रदेशका प्रदेश च्याउ संघ तथा जिल्ला स्थित च्याउ सघंहरूले सकारात्मक कुराको थालनी भन्दै ऐक्यबद्धता जनाइरहेका छन् ।च्याउ उत्पादक किसान संघ नेपालको केन्द्रीय टोलीले प्लान्ट क्वारेन्टाइन कार्यालय र भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । च्याउ उत्पादक किसान संघ नेपालले हाल नेपाली गोलो च्याउको समर्थन मूल्य प्रतिकेजी ३०० रहेको भन्दै त्यसको आधारमा भारतीय च्याउलाई भन्सार लगाउनु पर्नेमा न्युन मुल्य राखि भन्सार नेपालमा आयात भैरहेको भन्दै जसको कारण नेपाली च्याउ उत्पापदक किसान मारामा परेको बताईएको छ । ज्ञापन पत्रमा च्याउको गुणस्तर प्रमाणीकरण नगरिकन भारतबाट नेपालमा च्याउ भित्र्याइएको भन्दै च्याउ ढुसीजन्य वस्तु भएकाले भारतबाट नेपाल भित्रयाउन रोक लगाउनु पर्ने उल्लेख छ ।

    च्याउ उत्पादक किसान संघले निकालेको विज्ञप्ती यस्तो छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित