- Loading...
कोरोना प्रभावितलाइ मकैको वीउ वितरण
- कृषि टि.भी.
- १ साल अघि
- २५ पटक पढिएको


बर्दियाको कोरोना प्रभावित कृषकहरुलाइ मकैको वीउ वितरण गरिएको छ । लुथरन वल्र्ड रिलिफको सहयोगमा दलित महिला उत्थान संघ बर्दियाले कोभिड १९ बाट प्रभावितहरुका लागि सञ्चालन गरेको समुदायको पुर्नउत्थान परियोजना अन्र्तगत कोभिड १९ बाट प्रभावितहरुलाइ मकैको बीउ वितरण गरिएको हो । जिल्लाको गुलरिया नगरपालिकाका कृषकहरुलाइ बसन्ते मकैको वीउ वितरण गरिएको दलित महिला उत्थान संघले जनाएको छ । कोरोना महामारीका कारण प्रभावित बनेका साना किसान र अति विपन्न किसानहरुको पहिचान गरेर वीउ वितरण गरिएको संघका कार्यक्रम अधिकृत शुरेन्द्र अधिकारीले बताए । उनले संघले वितरण गरेको वीउको संरक्षण गरेर उत्पादन गरेर आर्थिक लाभ लिन आग्रह गरे ।
सस्थाले वीउ वितरण गरेपछि कृषकहरु खुशी भएका छन । कृषक कमल थारुले आर्थिक अभाव झेलिरहेको वेला संघले दिएको मकैको वीउले केही राहत मिलेको बताए । दलित महिला उत्थान संघका कृषि प्राविधिक टिका वि क ले कोभिडबाट प्रभावित साना किसानहरुको पहिचान गरेर वीउ वितरण गरिनुका साथै उनीहरुले प्राविधिक ज्ञान पनि उपलब्ध गराइने बताइन । उक्त परियोजनामा गुलरिया नगरपालिकाको वडा न. १ ,३ ,७ र ८ भित्रका कोभिड १९ बाट प्रभावित २ सय घर परिवारका कृषकहरु समाबेश गरिएको दलित महिला उत्थान संघ बर्दियाले जनाएको छ ।


