FLASH NEWS
- Loading...
खोरेत रोग नियन्त्रणमा
- कृषि टि.भी.
- १ साल अघि
- ३१ पटक पढिएको


पाल्पाको निस्दी गाउँपालिका–२ स्थित सुकेकोटमा पशुमा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । गाउँका करिब ३०० गाई, भैसी, बङ्गुर, बाख्रामा खोरेत रोग फैलिएको थियो । केन्द्रीय प्रयोगशालामा नमूना परीक्षणपश्चात उपचार सुरु गरेपछि अहिले सङ्क्रमण कम हुँदै गएको निस्दी पशु शाखा प्रमुख ओमबहादुर मश्राङ्गीले बताए । सुकेकोट गाउँमा मात्रै तीन हप्ताअघिदेखि पोजेटिभ खोरेत रोगले सताएको थियो । खोरेत लागेका पशुमा रिङ भ्याक्सिङ दिइएको र अन्य सङ्क्रमण नफैलिएका ४७० पशुलाई खोरेतविरुद्धको भ्याक्सिन दिइएको शाखा प्रमुख मश्राङ्गीको भनाइ छ । गाउँका १६ घरपरिवारको पशुमा खोरेत रोगले सताएको पशु शाखाले जनाएको छ । पोखराबाट गाउँमा पञ्चवली पूजाका लागि ल्याइएका भेँडाबाट सङ्क्रमण फैलिएको पशु प्राविधिकको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस
