FLASH NEWS
- Loading...
अवैध कुखुरा नष्ट
- कृषि टि.भी.
- १ साल अघि
- २६ पटक पढिएको


जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अवैध रूपमा आयात गरिएको बोइलर कुखुरा नियन्त्रणमा लिएको छ । भन्सार तथा क्वारेन्टाइन नाका छली ल्याइँदै गरेको १५० वटा बोइलर कुखुरा नष्ट गरिएको पशु क्वारेन्टाइन चेकपोष्ट, बेलहियाले जनाएको छ । यस्तै उक्त कार्यमा संलग्न व्यक्तिहरुबाट ५० हजार रुपैयाँ जरीवाना स्वरुप रकम संकलन पनि गरिएको छ । नेपालमा प्रतिबन्धित भारतीय बोइलर कुखुराको चल्लाहरू भएको ठहर भएकाले पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा २० (१) अनुसार कारवाही गरिएको हो । विदेशबाट स्थल मार्ग हुँदै नेपालमा कुखुरा, चल्ला, अण्डा तथा मासुजन्य पदार्थ आयात गर्न प्रतिबन्ध छ । तर, दैनिक भारतका विभिन्न सहरबाट चोर नाका हुँदै अवैध कुखुरा र अण्डा नेपाल भित्रिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस
