- Loading...
मल र जलाधार क्षेत्र घोषणाको माग
- कृषि टि.भी.
- १ साल अघि
- ११ पटक पढिएको


कृषकलाई पर्याप्त मल र मुहान पोखरीलाई जलाधार क्षेत्र घोषणा गर्न माग गरेका छन । शुक्रबार वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलाइ भेटेर नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले उक्त माग गरेका हुन । सांसद सुवालले चागुनारायण नगरपालिकाको नगरकोटस्थित खानेपानी स्रोत रहेको क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी खाने पानीको स्रोत बढाउन आवश्यक बजेटको व्यवस्था गर्न वनमन्त्री यादवसँग माग गरेका छन । त्यसैगरि उक्त टोलीले कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई भटेर किसानहरूलाई समयमै सुपथ मूल्यमा पर्याप्त रासायनिक मल उपलब्ध गराउन माग गरेका छन । सचिव डा. शर्माले कृषकको मागबमोजिम मन्त्रालयले आवश्यक मलको व्यवस्थापनमा जुटेकाले भक्तपुरलाई आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउन पहल गर्ने बताए ।


