
- Loading...
मङ्गलामा २१ लाखको सुन्तला बिक्री
- कृषि टि.भी.
- १ साल अघि
- २७ पटक पढिएको


म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले सुन्तला बिक्री गरी रु २१ लाख आम्दानी गरेका छन् । बीस परिवारको बसोबास रहेको दुवै बस्तीको मुख्य आयस्रोत सुन्तलाखेती बनेको छ । भेडाबारीका अगुवा किसान ओम गिरीले यसपाली झण्डै तीस हजार किलो सुन्तला बिक्री भएको जानकारी दिनुभयो । पोखराका व्यापारी सुन्तला बगैँचामै पुगेर ७० रुपैया प्रतिकिलोका दरले सुन्तला बिक्री गरेर एउटा परिवारले सरदर रु एक लाखभन्दा बढी आम्दानी गरेका छन । गत वर्ष रु १५ लाख बराबरको सुन्तला बिक्री भएको थियो । अन्यत्रको सुन्तला बिक्री भइसकेपछि माघको दोस्रो हप्तादेखि भेडाबारीको सुन्तला टिपेर बजार पठाउन थालिएको थियो । पाँच मुरी कोदो फल्ने बारीमा सुन्तलाखेती गरेर वार्षिक रु तीन लाखसम्म आम्दानी र्गो गरेको बेम गिरीले बताउनुभयो । उपयुक्त हावापानी र अनुकूल भूगोल सँगै अन्य वालीबाट भन्दा सुन्तला खेतीबाट बढी आम्दानी हुने भएकाले सुन्तला खेतीतर्फ किसान आकर्षित भएका छन । नयाँ बिरुवा थपिने क्रमसँगै बर्सेनि उत्पादन पनि बढेको छ । किसानले न्यूनतम एक सयदेखि ५०० बोटसम्म सुन्तलाखेती गरेका छन् । उनीहरुले बगैँचाभित्र तरकारी, अदुवा र बेसारखेती गरेर अतिरिक्त आम्दानी पनि गरिरहेका छन् ।
एकातिर किसानले सुन्तला बिक्री गरेर आम्दानी लिइरहेका छन भने अर्काेतर्फ सिँचाइ र सडक यातायातको समस्याका कारण भेडाबारी र भोर्लेनीमा सुन्तला खेतीका लागि चुनौति बनेको छ । सुन्तला बिक्री र आवतजावतका लागि पोक हँुदै भेडाबारीसम्म निर्माण गरिएको सडक स्तरोन्नति हुनसकेको छैन् । भेडाबारीबाट सातबिसेसम्म गाडीमा ल्याएको सुन्तला म्याग्दी खोलामा पुल नभएकाले भरियामार्फत तोराखेतमा तारेर त्यहाँबाट गाडीमा राखेर बजार पठाउने गरिएको छ । सुन्तला बगँैचामा सिँचाइ गर्न समस्या छ । लामो सुख्खा र खडेरीसँगै सुन्तला खेतीमा सिँचाइ पु¥याउन समस्या भएको स्थानीय गणेश गिरीले बताउनुभयो । बाबियाचौरको माटेबगर र अर्मनको पोक जोड्ने मोटरेबल पुल निर्माण सम्पन्न गराउन पहल तथा समूहमार्फत भोर्लेनी र भेडाबारीमा सिँचाइ आयोजना निर्माणको तयारी भएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो ।


