FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बैतडीका ७५ हजार बाख्रालाई पिपिआर खोप

    • कृषि टि.भी.
    • १ साल अघि
    • २५ पटक पढिएको
    बैतडीका ७५ हजार बाख्रालाई पिपिआर खोप

    बैतडीका ७५ हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइँदैछ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका अनुसार जिल्लाका नौ स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको हो । शिवनाथ गाउँपालिकाबाहेक अन्य पालिकामा भेडाबाख्रालाई पिपिआरविरुद्धको खोप लगाउने काम भइहरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए । प्रदेश सरकारको कार्यक्रमअन्तर्गत खोप अभियान सञ्चालन गरिएको हो ।

    राजमार्ग नजिकका ठाउँ र व्यावसायिक बाख्रापालन गरेका ठाउँलाई प्राथमिकतामा राखेर खोप लगाउने काम भइरहेको छ । प्रत्येक पालिकामा सात हजार डोज खोप पठाइएको छ । गत वर्ष खोप लगाएका बाख्रालाई यो खोप नदिइने केन्द्रले जनाएको छ । बाख्रालाई पिपिआर रोग लागे ठूलो नोक्सानी हुने भएकाले त्यसबाट जोगाउन खोप अभियान सञ्चालन गरिएको हो ।

    बाख्रालाई पिपिआर रोग लागेमा पखाला लाग्ने, र¥याल र सिगान बगाउने, उच्च ज्वरो आउने लक्षण देखा पर्छ । अन्त्यमा बाख्रा मर्ने गर्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित