FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पशुपालनको अवस्था र चुनौती

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३३ पटक पढिएको
    पशुपालनको अवस्था र चुनौती

    रामेश्वर सिंह पाण्डे, वरिष्ठ पशुआहारा विज्ञ
    पशुपन्छीजन्य पदार्थको बढ्दो मागको कारण यस क्षेत्रको सङ्ख्यात्मक तथा गुणात्मक वृद्धि भइरहेको छ । हालका दिनहरूमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू र उच्च व्यापारिक घरानाहरू पनि आधुनिक पशुपालन व्यवसाय तर्फ आकर्षित हुँदै गएका छन् । देशमा नीजि तथा सहकारी अन्तरगत आधुनिक सुविधा तथा प्रविधियुक्त व्यवस्थापनमा तीन हजार बढी गाईभैसीं फार्म, चार हजार बाख्रा फार्म, सात सय बँगुर फार्म र ५५ हजार कुखुरा फार्महरू सञ्चालनमा छन् । पशुपन्छी पालनको क्षेत्रले देशको कृषिजन्य ग्राहस्थ उत्पादनमा २५.७ प्रतिशत र कुल ग्राहस्थ उत्पादनमा ११.५ प्रतिशत योगदान पु¥याइरहेको छ र यो गति बढ्दो क्रममा छ। नेपालमा पालिने विभिन्न पालतु पशुहरू मध्ये गाई ७४.५ लाख (सत्तरी हजार याकचौरी पनि समावेश), भैसी ५२.५ लाख, बाख्रा १२८ लाख, भेंडा ८ लाख, सुँगुर १५.१ लाख, कुखुरा ८२५ लाख रहेकाछन् । यी पशुपन्छीहरूबाट २३ लाख टन दूध, ५.५ लाख टन मासू, अन्डा १६२ करोड गोटा (९७ हजार टन) र उन ५९२ टन उत्पादन हुन्छ । यसरी नेपालमा दूधको खपत ७९ लिटर प्रति व्यक्तिरहेको छ त्यस्तै मासु १८ किलो र अन्डा ६१ गोटा रहेको छ ।

    अन्तर्राष्ट्रिय मापदण्ड अनुसार आधारभूत आवश्यकता प्रतिव्यक्ति प्रति व्यक्ति मासु १४ किलो, अन्डा ४८ र दूध ९१ लिटर रहेको छ । पशुपन्छीपालन विशेषतः ग्रामीण क्षेत्रमा हुने गर्दछ, शहर केन्द्रित र मोटर–बोटोको वरपर व्यावसायिक फार्महरू स्थापित छन् । पशुजन्य पदार्थको खपत शहरीक्षेत्रमा बढी हुन्छ तर हालं ग्रामीण क्षेत्रबाट युवाशक्ति वैदेशिक रोजगारीमा जानेक्रम बढिरहेकोले पशुपालनको क्षेत्रबाट कृषक परिवार पलायन भैरहेका छन् । आम नागरिकको आर्थिक अवस्था सुधारोन्मुख रहेको अवस्थामा आगामी दिनहरूमा पशुजन्य पदार्थको उत्पादन बढाउनुका साथै ठूलो सङ्ँख्यामा पशुपालनमा आधारित परिवारहरूको जीविकोपार्जनको सुनिश्चितता गरिनु हो ।

    पशुजन्य पदार्थको उत्पादन तथा उत्पादकत्वमा आशातित वृद्धि भइरहेको अवस्थामा पनि बढदो उत्पादन लागत, उन्नत जातका पशुपन्छीहरूको अभाव, परनिर्भर पशुपन्छी आहाराका कच्चा पदार्थ र औषधीहरू, वातावरण परिवत्र्तनका नकारात्मक असरहरूका कारण पशुपन्छी पालन व्यवसायका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।
    केही मुख्य मुख्य चुनौतीहरु र सम्भाव्य समाधान निम्न रूपमा हुन सक्छ ः
    १.आयातित दानाजन्य पदार्थमा आधारित पशुपन्छी पालनः नेपालमा बढी उत्पादन दिने विदेशी मूलका पशुपन्छीहरूलाई व्यावसायिक रूपमा पालनगर्दा गाई भैंसी, सुँगुर, कुखुरा आदिको मुख्य आहारा तथा पोषणको श्रोत नै दाना रहिआएको छ । दाना बनाउन चाहिने कच्चा पदार्थ विशेषतः मकै, सोयाबिन, पीना, माछाको सिद्रा, भिटामिन तथा खनिज लवणहरू आयात गरेर दाना बनाइन्छ । व्यावसायिक रूपमा पशुपन्छी पालन गदा उत्पादन खर्चको ६५–७० प्रतिशत लागत आहारा तथा औषधीमा हुने गर्दछ र यी बस्तुहरू ८० प्रतिशत आयातबाट गरिने हुँदा व्यवसायबाट आएको मुनाफा सबै विदेशतिरै जान्छ, नेपालीले केबल श्रमको मूल्य मात्र पाउने हो । गत आर्थिक वर्षमा दाना बनाउनका लागि रु १५ अर्ब बराबरको मकै मात्र आयात भएको थियो । यसरी पशुपन्छीजन्य पदार्थको कुल उत्पादन बढे तापनि यस व्यवसायबाट आशातित लाभ भनें हुन सकेको छैन । अर्को तर्फ नेपालका ग्रामीण क्षेत्रमा परंपरागत रूपमा पालिने विशेषतः रैथाने जातका पशुपन्छीहरू परंपरागत रूपमा पालिन्छन् । यस्ता पशुपन्छीहरूको उत्पादकत्व थारै भएतापनि उत्पादित पशुपन्छी जन्य पदार्थ जस्तै दूध, मासु अन्डा उच्च गुणस्तरको र शुद्ध हुन्छ अनि उत्पादन लागत पनि नगन्य मात्रामा हुने गर्दछ । महँगो दानाको तुलनामा कोसे घाँसबालीहरू बढी पोषिलो तथा सस्तो विकल्प हो । बढी उत्पादन क्षमता भएका विदेशी नश्लका उग्य्राउने पशुहरूलाई हरियो पोषिलो जातका घाँसबालीमा आधारित आहारा व्यवस्थापन गरिनुपर्छ भनें अन्य पशुपन्छीहरू जस्तै बँगुर, कुखुरा, माछाको आहारामा पनि कोसे घाँसको मात्रा २५ प्रतिशतसम्म मिसाएर महँगो दानाको बचत गर्न सकिन्छ, अनि मात्र देशमा पशुपन्छीको क्षेत्रले दीगो योगदान दिएको मानिन्छ ।


    २.थारा गाई तथा बहरः नेपालमा बहर तथा थारो गाई र गोरु आर्थिक भारको रूपमा रहेका छन् । एक अनुमान अनुसार करिब ३० लाख बहर÷गोरु र थप ३ लाख बूढो÷थारो गाईहरू छन् । धर्मिक र सांस्कृतिक मान्यता अनुसार यस्ता पशुहरूलाई वध तथा निकासी गर्न बन्देज भएकोले आर्थिक रूपमा अनुपयोगी मानिनन्छन् । यस्ता अनुपयोगी पशुहरूलाई आर्थिक रूपमा उपयुक्त मानिने गोबर, मूत्र, छाला, हाडखोर, बायोग्यास उत्पादनका साथै जीवित निकासीको प्रावधान गर्नसकेमा धेरै हदसम्म समस्या समाधान गर्न सकिन्छ ।


    ३.स्थानीय माटो हावापनी सुहाउँदो पशुपन्छीहरूको जात नश्लः नेपालमा व्यावसायिक रूपमा पालिने पशुपन्छीहरू प्राय सबै विदेशी मूलका छन् । विशेषतः बढी दूध उत्पादनका लागि ल्याइने गाईभैंसीहरू र कुखुराको प्यारेन्ट स्टकका लागि ठूलै रकम विदेशीने गरेको छ । रैथाने जातका अछामी, लुलु, किर्को जातका गाईले अर्धभुखमरीको अवस्थामा पनि जीवन निर्वाह र दूध उत्पादन गर्छन् तर यस्को व्यवसायिक प्रवर्धन हुन सकेको छैन । त्यस्तै भैंसीका लिमी, पारकोटे, कठिन जलवायु र कमसल आहारा खाएर पनि मासु र दूध उत्पादन दिन सक्षम छन् । सुँगरको च्वाचे, हुर्रा आदिबाट शून्य लागतमा मासु उत्पादन लिन सकिन्छ तर यिनीहरूको सम्वर्धन, प्रवर्धन तथा व्यवसायिकीकरण हुन सकेको छैन । यस्ता पशुपन्छीहरूको संरक्षण तथा सम्वर्धन अति आवश्यक छ ।


    ४.हिमाली क्षेत्रका पशुपन्छीः हिमाली क्षेत्रमा पालिने याक, चौरी, भेडा, बाख्रा, घोडा तथा अन्य पशुहरू पालिन्छन् । तुलनात्मक रूपमा यी हिमाली पशुपन्छीहरूको सङ्ख्या थोरै भएतापनि स्थानीय समुदायको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पु¥याउने गरेकोछ। यस क्षेत्रमा चरीचरनमा आधारित पशुपालन हुने भएकोले उत्पादन लागत नगन्य हुन्छ। यीनिहरूबाट उत्पादन हुने मासु तथा दुग्धजन्य पदार्थहरू प्राकृतिक, शुद्ध तथा उच्च गुणस्तरका हुन्छन् यसैले स्थानीय तथा विदेशी माझ समेत निक्कै लोकप्रिय रहेकोछ । उपलब्ध प्राकृतिक चरन खर्क तथा आहाराको अत्यधिक दोहन तथा अव्यवस्थित चरीचरनले यस क्षेत्रमा पालिने पशुहरूको उत्पादन तथा उत्पादकत्वमा व्यापक कमी हुँदै गएको छ। हालका वर्षहरूमा सरकारी तथा गैरसरकारी निकायहरूको उपेक्षाका कारण सङ्ख्यात्मक तथा गुणात्मक दुबै स्तरमा दैयनिय अवस्थामा रहेका छन्। प्रादेशिक तथा संघिय सरकारले स्थानीय समुदायको सहयोगमा चरन खर्कको विकास, उचित आहाराको व्यस्थापन तथा पशुपन्छी विकासको कार्यक्रम सञ्चालन गर्न ढीला गर्नु हुन्न।


    ५.पशुजन्य पदार्थको गुणस्तरः व्यावसायिक पशुपन्छी पाल्ने क्रममा बढी नाफा लिनको लागि जथाभावी रूपमा भिटामिन, एन्टीवायोटिक्स, हर्मोन तथा मानव स्थास्थ्यमा असर गर्ने अखाद्य पदार्थहरूको प्रयोग बढी रहेको छ । यसकालागि आवश्यक नीति, नियम तथा अनुगमनलाई समयमै प्रभावकारी बनाउन सकिएन भनें आउँदा दिनमा यो समस्याले विकराल रूप लिन सक्छ ।


    ६.जलवायु परिवर्तन र पशुपन्छी पालनः जलवायु परिवर्तनको मुख्य कारक ग्रीनहाउस ग्यास उत्सर्जनमा पशुपालनको पनि पनि महत्वपूर्ण भुमिका रहन्छ। पशुहरू उग्राउँदा, गोब्य्राउँदा, दाना उत्पादन, पशुजन्य पदार्थको, भण्डारण गर्दा ग्रीन हाउस ग्यास उत्पादन हुने गर्दछ । त्यसै बढदो वन विनासको कारण पशुहरूलाई मानिन्छ । वन विनासको कारणले पनि जलवायु परिवर्तन तीव्र भएको हो । चरन तथा घाँस खेतीको विस्तार, डाले घाँस खेती, बायो ग्यासको विस्तार गरेर पशुहरूबाट हुने कार्वन डाइअक्साइड ग्यासको उत्सर्जन कम गर्न सकिन्छ । यसका साथै पशुपन्छी पालन व्यवसायले प्राकृतिक श्रोत व्यवस्थापन, मानव स्वास्थ्य, सामाजिक समता, आर्थिक वृद्धि तथा जलवायू संरक्षण आदिमा सकारात्मक र नकारात्मक दुवै तरिकाले प्रभाव पारिरहेको हुन्छ ।
    लेखक पाण्डे पशुक्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित