FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • रुपन्देहीमा कृषि ज्ञान केन्द्र स्थापना

    • कृषि टि.भी.
    • १ साल अघि
    • ४१ पटक पढिएको
    रुपन्देहीमा कृषि ज्ञान केन्द्र स्थापना

    रुपन्देहीमा कृषि ज्ञान केन्द्रको स्थापना भएको छ । यस अघि नवलपरासी र रुपन्देही दुुबै जिल्ला हेर्ने गरि परासीमा कार्यालय थियो । सेवा प्रवाहमा कठिनाइ भएपछि प्रदेशको कृषि मन्त्रालयले रुपन्देहीमा पनि कार्यालय सञ्चालनमा ल्याएको हो । कार्यालय स्थापनापछि आइतबार कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रका अनुसार प्रस्तुत गरेको बजेटमा १३ करोड ७१ लाख २३ हजार रकम बराबरका वार्षिक कार्यक्रम तय गरिएको छ । कार्य सम्पादनका लागि अब पाँच महिना मात्र बाँकी छ । पाँच महिनामा कार्यक्रम कार्यान्वयनमा ल्याएर लक्ष्य अनुसारको प्रगति हासिल गर्न ज्ञान केन्द्रले रणनीतिक योजना बनाएको कार्यालय प्रमुख सन्देश धितालले बताए। अवधि कम भएकाले स्थानीय तहका कृषि प्राविधिकको सहयोगमा कार्य तालिका अनुसार काम अगाडि बढाउने उनको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित