FLASH NEWS
- Loading...
मोरङमा कुखुरामा बर्ड फ्लु देखियो
- कृषि टि.भी.
- १ साल अघि
- २६ पटक पढिएको


मोरङ जिल्लाको ग्रामथान १ खुनियाकट्टा र बुढिगंगा ५ मा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका अनुसार स्थानीय किसानले पालेका कुखुरामा बर्ड फ्लु रोग पुष्टि भएको छ । कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरीएको छ । विभागका अनुसार १६५० लेयर्स कुखुरा, ५० परेवा, ४२०० अण्डा, ११५० केजीदाना र ४००० गोटा अण्डाको क्रेट नष्छ गरी सुरक्षित तबरले तह लगाइसकिएको छ। साथै रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंकमण समेत गरिसकिएको छ ।


प्रतिक्रिया दिनुहोस
