FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि सामग्री कम्पनीको कायम मुकायम प्रवन्धकमा कार्की

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३३ पटक पढिएको
    कृषि सामग्री कम्पनीको कायम मुकायम प्रवन्धकमा कार्की

    कृषि सामग्री कम्पनीको कायम मुकायम प्रवन्ध सञ्चालकको जिम्मेवारी राजेन्द्रबहादुर कार्कीलाई दिइएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले कायम मुकायम प्रवन्ध सञ्चालकको जिम्मेवारी कार्कीलाई दिने निर्णय गरेको थियो । कार्कीले सोमबार कायम मुकायम प्रवन्ध सञ्चालकको रुपमा पदभार ग्रहण गरेका छन्। गत पुस १८ मा कमसल डीएपी मल खरिद गरी आर्थिक अनियमितताको मुद्धामा तत्कालीन प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १२ जना कर्मचारी उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेपछि उक्त पद रिक्त थियो ।
    कायम मुकायम प्रवन्ध सञ्चालकको जिम्मेवारी सम्हाले लगत्तै कार्कीले किसानलाई रासायनिक मल उपलब्धताको सुनिश्चितता गर्न आफु कटिबद्ध रुपले लाग्ने बताए । वि.सं २०५२ सालमा सरकारी सेवामा प्रवेश गरेका कार्की लामो समय कृषि सामग्री कम्पनीको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित