- Loading...
वन उपभोक्ता महासंघद्धारा वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै प्रदर्शन
- कृषि टि.भी.
- १ साल अघि
- १९ पटक पढिएको


सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेको छ । मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै महासंघले त्यसलाई खारेज गर्न माग गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘सामुदायिक वनमा भैरहेको प्रतिगमन बन्द गर’, ‘संरक्षण क्षेत्रमा भइरहेको लैंगिक हिंसा बन्द गर’, ‘जिल्ला वन पैदावार आपूर्ति समिति खारेज गर’, ‘वन्यजन्तु आतंक नियन्त्रण गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा सहभागीलाई सुरुमा प्रहरीले वन परिसरको गेटमै रोकेको थियो । प्रहरीले अध्यक्ष भारती पाठकसहित १४ जनालाई नियन्त्रणमा लिएको छ ।


सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले वन पैदावार र सदुपयोगमा प्रतिबन्ध लगाइएको जनाउँदै विरोध प्रदर्शन गर्दै आएको छ । महासंघले संरक्षित क्षेत्र विस्तार गर्ने कार्य रोक्न, तेहेरो कर खारेज गर्न, वन पैदावारको उपयोगमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ ।

