FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • जुम्लामा उन्नत जातका गहुँको बीउ उत्पादन हुने

    • कृषि टि.भी.
    • १ साल अघि
    • २५ पटक पढिएको
    Post Thumbnail

    कृषि विकास कार्यालय जुम्लाले बीउको कमी हुन नदिनका लागि जिल्लामा उन्नत जातका गहुँको बीउ उत्पादनमा लागेको छ । यसअघि जिल्लामा स्थानीय गहुँ उत्पादन हुने गरेकामा अहिले गहुँको उन्नत जातका बीउ उत्पादनमा कार्यालय अग्रसर भएको निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताउनुभयो ।

    स्थानीय कृषकलाई अनुदानमा बीउ उपलब्ध गर्न यहाँको तातोपानी गाउँपालिका–१ स्थित बाइराँकामा उन्नत जातको गहुँको बीउ उत्पादन गर्न लागेका छौँ । सो स्थानमा ६०० केजी बीउ किसानलाई उपलब्ध गराएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । अहिले जुम्ला जिल्लाका सबै ठाउँमा स्थानीय बाह्रबिसे जातको गहुँ खेती गरिन्छ । यो तयार हुन अलि ढिलो हुँदा धान खेती पनि ढिलो हुन जान्छ ।

    उन्नत जातको गहुँ तयार हुन सामान्यतया कम समय लाग्छ र गहुँ पनि तुलनात्मक रुपमा बढी नै उत्पादन हुने हुँदा किसानलाई यो बीउ सिफारिस गरेका कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । मूल बीउ कृषकको ३० प्रतिशत र कार्यालयको ७० प्रतिशत लगानीमा बाँडिएको छ । यस योजनामा बाइराँकाका १३१ किसानले करिब सय रोपनी क्षेत्रफलमा उक्त उन्नत जातका मूल बीउ लगाएको निमित्त कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । तीन रोपनी जग्गामा उन्नत जातको मूल बीउ लगाएको किसान नारायण शाहीले बताउनुभयो ।

    स्थानीय गहुँ ढिलो पाक्दा धान लगाउन समस्या हुने गरेको थियो । यसको विकल्प खोजिरहेकै बेला कृषि विकास कार्यालयले उन्नत जातको बीउ अनुदानमा दिएकोले किसानलाई निकै राहत भएको उनीहरु बताउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित