
- Loading...
मधेस प्रदेश सरकारद्धारा किसानको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन
- कृषि टि.भी.
- १ साल अघि
- ४२ पटक पढिएको


मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नाका लागि उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । समितिमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश सर्राफ रहेका छन् । समितिलाई कृषि तथा पशुपक्षी विकास, किसानको मलखाद, बीउबिजन तथा सिँचाइ समस्या, बिमाको अवस्था, डुबान कटानको अवस्था, कृषि यान्त्रीकीकरणको अवस्था र आगामी रणनीति, कृषि विद्युतीकरणको अवस्थाका बारेमा जिम्मेवारी दिइएको छ ।
साथै, मधेस प्रदेशको भूउपयोग नीति निर्माण एवं कषि सुधारका लागि गरिएका गतिविधिको समीक्षा एवं आगामी योजनाका लागि नीति निर्माण गर्ने जिम्मेवारी दिइएको छ । पन्ध्र दिनभित्र अन्तरिम प्रतिवेदन र एक महिनामा पूर्ण प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्न उच्चस्तरीय समितिलाई समय सीमा तोकिएको छ ।


